
गृह मन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा सोमबार प्रहरीलाई जिउँदै जलाइएको बताएका छन्। टिकापुरमा सोमबार थहरुट समर्थक आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा २० जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ।
घटनाबारे सोमबार अपरान्ह संसदमा जानकारी दिँदै गौतमले टिकापुरमा प्रहरी जवान रामविहारी चौधरीलाई आन्दोलनकारीले जिउँदै आगो लगाएको बताए। उनले प्रहरीका ३ वटा शव क्षतविक्षत अवस्थामा रहेकाले उनीहरुको परिचय खुल्न नसकेको पनि बताए।
यस्तै, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपिएर मारिएको उनले बताए। अन्य प्रहरीहरुलाई पनि भाला, बन्चरो तथा हँसिया जस्ता घरेलु हतियार प्रयोग गरी हत्या गरीएको मन्त्री गौतमले जानकारी दिए।
अहिले आक्रमणकारी सडकबाट हटी गाउँका घरहरुमा लुकेर बसेको उनले सदनलाई जानकारी दिएका छन्। गृहमन्त्री गौतमका अनुसार रौतहटको गौरमा पनि भाला, भाटा, डण्डा लिएर मानिसहर सडकमा निस्किएका छन्।
गौरमा दक्षिणतिरबाट धेरै मानिसहरु शहर प्रवेश गरेको बताए। गृहमन्त्री गौतमका अनुसार सर्लाहीमा पनि घरेलु हतियार लिएका मानिसहरु ठूलो संख्यामा सदरमुकाम मंगलवा तर्फ गइरहेको बताए।
नियोजित रुपमा यस्तो घटना गराइएको उनले पटकपटक दोहोर्याएका थिए।
उनले सामाजिक सद्भाव कायम राख्नका लागि सदनबाट आव्हान गर्न पनि सदन समक्ष माग गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्