Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ गायिका राजीना रिमालको हनिमुन अनुभव

अर्थ सरोकार

हाम्रो विवाह भएको चार महिना भयो। गत जेठमा विवाह भएको हो। विवाह भएको दुई सातापछि हामी पोखरा घुम्न गयौं। पोखरा घुमाइ नेपालमा पहिलो हनिमुन हो। त्यसको केही दिनपछि मौरिसस गयौं। मौरिसस हामी दुवैको रोजाइमा परेको हो।

शान्त र सुन्दर टापुमा श्रीमान् (विनोद श्रेष्ठ) सँगमात्र घुम्न पाउँदाको रमाइलो शब्दमा वर्णन गर्न सकिँदैन। आफूलाई चिन्नेहरूको भीडबाट टाढा पुगेकाले सहज लाग्ने पहिरनमा बिन्दास भएर घुमफिर गर्न पाइयो।

मौरिसस वास्तवमा संसारबाट अलग ठाउँ जस्तो लाग्छ। त्यतिबेला त्यहाँ घुम्न जाने नेपाली हामीमात्र थियौं । समुद्रको किनारमा हात समाएर एकअर्कालाई हग गर्दै घुम्दाको रमाइलो जीवनभरका लागि स्मरणीय हुने पक्का छ।

    विवाहको पहिलो रात श्रीमान्‌ले गोकर्ण रिसोर्टमा लैजानुभएको थियो। त्यसलाई हाम्रो पहिलो हनिमुनभन्दा पनि हुन्छ। मेरो लागि त्यो उहाँको सरप्राइज थियो।

मलाई उचाइदेखि डर लाग्छ । तर श्रीमान्लाई प्यारासेलिङ गर्न रमाइलो लाग्ने। तर मायामा एकअर्काको लागि सानोसानो काम गर्नुमा पनि बेग्लै मजा हुँदो रहेछ। मैले सुरुमा प्यारासेलिङ गर्न मानिनँ। तर उहाँलाई मनपर्छ

भन्ने थाहा पाएपछि प्यारासेलिङ पनि गरेँ।

पहिलेदेखिको चिनजान भएकाले हामीलाई एकअर्कासँग खुल्न गाह्रो भएन। विवाहको पहिलो रात उहाँले गोकर्ण रिसोर्टमा लैजानुभएको थियो। त्यसलाई पनि हनिमुनभन्दा हुन्छ।

मेरो लागि त्यो उहाँको सरप्राइज थियो। तर मैले भने अहिलेसम्म सरप्राइज दिन पाएको छैन। विवाहपछि प्रेमिकाको भूमिका श्रीमतीमा परिणत भएको छ। पहिला एकअर्काको विषयमामात्र सोचिन्थ्यो तर अब परिवारको बारेमा पनि सोच्नुपर्ने बेला आएको छ। तर पनि विवाहपछिको आकर्षण फरक हुँदोरहेछ।
विवाह भएको दुई सातापछि हामी पोखरा गयौं। त्यसको केही दिनपछि मौरिसस गयौं। मौरिसस हामी दुवैको रोजाइमा परेको हो । शान्त र सुन्दर टापुमा श्रीमान्सँगमात्र घुम्न पाउँदाको रमाइलो शब्दमा वर्णन गर्न सकिँदैन।
महिलाहरू सम्बन्धको विषयमा अलि बढी भावुक हुन्छन् । शारीरिक सम्बन्धले झनै भावुक बनाउँदो रहेछ। तर एकअर्काप्रतिको समर्पणसँगै शारीरिक सम्बन्धले झनै विश्वास बढाउँछ। यसलाई म भगवान्ले दिएको मीठो उपहार महसुस गर्छु। यो प्राकृतिक नियम पनि हो।

विवाहको पहिलो रात श्रीमान्‌ले गोकर्ण रिसोर्टमा लैजानुभएको थियो। त्यसलाई हाम्रो पहिलो हनिमुनभन्दा पनि हुन्छ। मेरो लागि त्यो उहाँको सरप्राइज थियो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK