सार्वजनिक अहोदामा बसिसकेपछि कुन बेला कहाँ र कति बोल्ने भन्ने नजान्दा धेरै मानिसहरु बेला बेलामा विवादमा आएका उदाहरणहरु प्रशस्त छन्। बुधबार काठमाडौँमा सम्पन्न एक कार्यक्रममा पनि यस्तै भएको छ। माइक पाएपछि समयको ख्याल नगर्नाले आइक्यानका अध्यक्ष प्रकाश लम्शाल चर्चाको बिषय मात्र भएनन् अर्थमन्त्री जस्तो मान्छेको कडा टिप्पणी नै सहनु पर्यो।
प्रसङ्ग बुधाबार सम्पन्नअडिटर्स एसोसीएसन (अडान)को १०औं स्थापाना दिवसको अवसरमा आयोजित कार्यक्रमको हो। काठमाडौँमा सम्पन्न भएको उक्त कार्यक्रममा आइक्यान अध्यक्षलाइ समेत बोल्न दिइएको थियो। लम्शालले बोल्नु अघि नै उद्घोषकले समय थोरै भएकाले छोटो शुभकामना मन्तव्य राख्न अनुरोध गरेका थिए। तर जव प्रकाश लम्शालले माइक पाए, उनले लेखा बिषयको इतिहासनै खोतल्न थाले। कसलाई लेखाका पिता भनिन्छ वा उनले लेखेका कितावहरुमा के के छन् जस्ता नितान्त उक्त समयको बिषय नसुहाउँदो कुराहरु गरेर उनले समय खेर फाले । उद्घोषकले पटक पटक मनतव्य छोट्याउन आग्रह गरेपनि उनी बोलिरहे। अडानलाइ शुभकामना दिन भनेर बोल्न आएका उनले अन्त्यमा ३० सेकेण्डको शुभकामना मतब्या मात्र दिए। उनले धेरै समय बोलेपछि बोल्ने बक्ताहरुको सुची समेत छोट्ट्याइएको थियो। अझ पछि उद्घोषकले समेत प्रकाश लम्शाललाइ आफुले समय सकिएको जानकारी ३ पटक दिनु परेको सार्वजनिक रुपमै बताएपछि प्रकाश लम्शाल रातो पिरो भएका थिए।

अझ लम्शालको बिल्ला त त्यो बेला भयो जव अर्थमन्त्रीले सार्वजनिक रुपमै कार्यक्रम लामो भएको र बोल्नेहरुले समेत लामो बोलेको भन्दै व्यंग्यात्मक भाषा प्रयोग गरे। उनले बोलेर मात्र नहुने काम गर्नु पर्ने बेला आएको भन्दै मन्तव्य दिए पछि अडानको कार्यक्रमपछि आयोजना गरिएको भोजमा समेत लम्शाललाइ उपस्थित धेरैले आफ्ना आफ्ना समुहमा लम्शाल को निकै नै खिल्ली उदाए । – नेप्लिज डट ओआरजीबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्