×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखापरीक्षकको न्यूनतम पारिश्रमिक लागू,निर्धारित पारिश्रमिक नलिए कारबाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लेखापरीक्षकको न्यूनतम पारिश्रमिक लागू,निर्धारित पारिश्रमिक नलिए कारबाही

Artha Sarokar

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लेखापरीक्षकहरूको नयाँ न्यूनतम पारिश्रमिक साउनदेखि लागू भएको छ । नयाँ पारिश्रमिकअनुसार काम नगर्ने नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान)का सबै सदस्य (चार्टर्ड एकाउण्टेण्ट तथा दर्तावाल लेखापरीक्षक)लाई कारबाही गरिने आईक्यानले बताएको छ ।
नयाँ पारिश्रमिक सूची लागू भएपछि लेखा व्यवसायप्रति लेखा व्यवसायीको उत्तरदायित्वबोध हुने लेखा व्यवसायीहरू बताउँछन् । नयाँ न्यूनतम पारिश्रमिक सूचीअनुसार सूचीकृत सार्वजनिक वित्तीय संस्थाको लेखापरीक्षणको न्यूनतम शुल्कभन्दा निजी कम्पनीको न्यूनतम शुल्क कम तोकिएको छ ।
सूचीअनुसार सूचीकृत सार्वजनिक वित्तीय संस्थातर्फ १ खर्ब रुपैयाँभन्दा बढीको लेखापरीक्षण गर्दा २५ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसैगरी ५० अर्बभन्दा बढी भएमा २० लाख, १० अर्बभन्दा बढीको १० लाख, ५ अर्बभन्दा बढीको ५ लाख, १ अर्बभन्दा बढीको ३ लाख र न्यूनतम १ लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
पेशागत प्रमाणपत्र भएकाहरूले सूचीकृत तथा सार्वजनिक संस्थामा ५० अर्बभन्दा माथिको २० लाख र निजी कम्पनीतर्फ १५ लाख रुपैयाँ शुल्क तोकिएको आईक्यानले बताएको छ । सहकारी संस्थाहरूको लेखापरीक्षण गर्दा न्यूनतम ५ अर्बभन्दा बढी भएमा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी १ अर्बभन्दा माथि भएमा २ लाख, ६० करोडभन्दा माथि भएमा १ लाख तथा सबैभन्दा कम २ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा २५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको आईक्यानले बताएको छ ।
पेशागत प्रमाणपत्र प्राप्त सदस्यले एक आर्थिक वर्षमा १ सयओटासम्म मात्र लेखापरीक्षण गर्न पाउने व्यवस्था पनि गरिएको छ । उक्त व्यवस्थाअनुसार १ सयओटा कम्पनीको सीमामध्ये पब्लिक लिमिटेड कम्पनी १० ओटाभन्दा बढी हुन नहुने उल्लेख भएको आर्थिक अभियानमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी