
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् ।
संविधानको विधेयकमाथि संविधानसभामा बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै गच्छदारले सात प्रदेशले समाधान नदिने बताए । यो निश्चित सिद्धान्त र मान्यताबाट नआएको भन्दै उनले भने-‘तीन दलका नेताले दुरदर्शी सोच बनाउन सक्नु भएन ।’
आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने उनले बताए । ‘पहाडको जिल्लाहरु पनि हाम्रो शरीरको अंग हो । सात प्रदेशले पहाडलाई सम्बोधन गरेको छ’ उनले भने-तर, मधेसी समुदायको आवाजलाई सम्बोधन गर्न सकेन । थारुहरुले उठाएको मागलाई सम्बोधन गर्न सकेन ।’
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मस्यौदा समितिले ल्याएको संविधानको विधेयक परिर्माजनसहित मात्र पास गर्नु पर्ने बताए । उनले भने, म अन्तिम समयसम्म प्रक्रिया छु । तर, आदिवासी जनजाति, थारु र मधेसीको चित्तबुझ्दो भएन भने मेरो पार्टी र म यो प्रक्रियाबाट बाहिर जान्छु ।’
गच्छदारले कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो नमान्ने बताए । तर अहिले थारुहरुको घर जलाइएको भन्दै उनले भने-यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्छ । तर, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्