रेश सर्राफ, वीरगञ्ज ११ भदौ हाईटेन्शन तारमा करेन्ट लागि आज विहान वीरगन्जमा दुईजनाको ज्यान गरेको छ । ज्यान गुमाउनेमा वीरगन्ज ९ रामटोलका ४५ बर्षिय सुनिता सुल्तानिया र उनका १७ बर्षका छोरा हर्षित सुल्तानिया रहेका छन । राती परेको अबिरल बर्षाको कारण घर र छलमा जमेको पानी निकास नहुदा छतमा चढी पानी निकासा हुने पाईपलाई सफा गर्ने क्रममा छत माथि नै रहेको ११ हजार भोल्टको हाईटेन्शन तारमा करेन्ट लागि दुवैजनाको मृत्यु भएको हो ।
हर्षित छत सफा गरी हातमा राखेको फलाम माथि उठाउदा हाईटेन्शनमा छोयर करेन्ट लागि छटपटाई रहेको अवस्थामा आमा सुनिता बचाउन जादा उनलाई पनि करेन्ट लागेको उनको श्रीमान श्रवण सुल्तानियाले बताउनु भयो । घटना स्थलमै दुवैजनाको मृत्यु भएको नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकले बताएका छन । दुवैजनालाई उपचारको लागि अस्पतालमा ल्याएपछि चिकित्सकले मृत अवस्थामा रहेको भनेका थिए । हाल दुवैको शव पोष्ट मार्टमको लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरी आज विहानै विषालु सर्पको टोकाई बाट एक महिलाको ज्यान गरेको छ । पर्साको मनिहारी गाविस वडा नम्बर ९ हाल वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २५ निवासी शान्ति देवीको विषालु सर्पको टोकाईबाट ज्यान गएको हो । राती साढे १२ बजे घरमा सुति रहेको बेला विषालु सर्पले टोकेको थियो । उनलाई उपचारको लागि रानी नै नारायणी अस्पतालमा भर्ना गरिएकोमा आज विहान उपचारको क्रममा मृत्यु भएको उनका श्रीमान दिपेन्द्र महतोले बताएका छन ।