Skip to content
LAXMI SUNRISE BANK

कैलाली घटनाको खबर पाएपछि उपेन्द्र यादवसहित मधेसी नेताको टोली भागेर भारत पुग्यो

अर्थ सरोकार

कैलालीको टीकापुरमा स्थानीयलाई उक्साएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत मधेसी नेताको टोली सोमबार झापा पुग्यो ।
तर, यहाँ भने उपेन्द्र यादवले सोचेजस्तो उपस्थिति थिएन । मरितरी दुईसयको उपस्थिति भएको कार्यक्रममा उनले खाटमाथि उभिएर भाषण दिए ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले भाषण गर्दागर्दै फोरम अध्यक्ष यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलाई कहींबाट पालैपालो फोन आये । सोमबार दिउसो टीकापुरमा आन्दोलनकारीले सात सुरक्षाकर्मीको हत्या गरेको खबर आएको थियो त्यतिबेला । निक्कै अत्तालिएका यादव त्यस लगत्तै भाषण नै नसकी भारत छिरेका छन् ।
फोन गोजीमा राखेर खाटमा उक्लिएका उनको बोली लर्बराउँद थियो । प्राविधिक कठिनाई आएको भन्दै हतारमा निस्किए र, सुटुक्क पसे भारततिर ।
उनी भारत नै गएको नदेखाउन मोटरसाइकल चढेर बिर्तामोडको उत्तर शनिश्चरे लाइनतर्फ लागेका थिए । तर, शनिश्चरे लाइन पस्नासाथ अलिकतिमास्तिर एभरेष्ट बैंकबाट पूर्व छिरेर कन्काई कलेजको रोड हुँदै फेरि राजमार्गमै निस्किए । त्यसपछि यति तीव गतिमा भागे की, आधा घण्टामा नै भारतको सिलिगुढी पुगे ।
कैलालीमा आक्रमण भएको सुन्नासाथ डरले ओठमुख सुकेका तमलोपा अध्यक्ष ठाकुर, सद्भावना अध्यक्ष राजेन्द महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगायत नेता कुन दुलोमा पसे, कसैले पत्तै पाउन सकेनन् ।
फोन आएपछि निकै अत्तालिएका महेन्द्रराय यादव भाषण गर्दागर्दै कार्यक्रम संचालकमाथि झम्टँदै थिए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK