Skip to content
LAXMI SUNRISE BANK

कैलाली बिभत्स हत्याकाण्डको मुख्य नाइके को थिए हेरौ नालीबेली

अर्थ सरोकार

कैलालीमा गत सोमबार भएको हिंसात्मक घटना पछि प्रहरीको अत्याधिक खोजिको सूचिमा रहेका पात्र हुन् रेशम चौधरी । घटनाको मुख्य योजनाकार एको भन्दै प्रहरीले खोजि कार्य जारी राखेको छ तर उनी हाल नेपालमा नभएको र भारतको मोवाइल नम्बरबाट फोन गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।
यस्तो छ कैलाली घटनाको पृष्ठभूमि :कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार सहित प्रदर्शनमा उत्रनु पर्ने गरी निक्कै उत्तेजित र विवादाष्पद अभिव्यक्ति दिए ।
 जसको संसदमा निक्कै आलोचना भयो । गृहमन्त्री बामदेव गौतमले त्यसको अडियो टेप संसदलाई उपलब्ध गराएर राज्य व्यवस्था समितिमा पठायो । र राज्य व्यवस्थाले उपसमिति गठन गरेर अहिले त्यसको छानविन गरिरहेको छ । त्यसरी भाषण गर्ने पात्र आम सभामा बोलाउने र उनीहरुलाई उत्तेजित भाषण नगरे जनता आन्दोलनमा सहभागि नहुने भन्दै उकास्ने पात्र उनै रेशम चौधरी भएको श्रोतको दावी छ । जुन आमसभाको अध्यक्षता चौधरी आफैले गरेका थिए । टिकापुर घटना घट्नु अघिल्लो दिनसम्म उनी आफ्नै फूलबारी रिसोर्टमा थिए । श्रोतका अनुसार आन्दोलनको सबै योजना त्यही रिसोर्टबाट बनेको थियो ।
प्रहरी श्रोतका अनुसार एस एस पी न्यौपाने माथि पहिलो प्रहार गर्ने व्यक्ति पनि उनै रेशम चौधरी थिए । को हुन रेशम चौधरी ? देखावटी पेशाका हिसावले उनी मिडिया मालिक र व्यवशायी हुन् । उनले कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालन गरेका छन् । तर उनको पृष्ठभूमि त्यति मात्र होइन । दरवार हत्याकाण्ड अघिसम्म उनी दरवारका मान्छे थिए । दरवारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन उनी । २०६२/०६३ को आन्दोलन अघि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम गर्थे उनी ।
 त्यही अभियानका क्रममा उनले धेरै जिल्ला घुमेका छन् र राजाका हरेक जसो कार्यक्रममा उनको उपस्थिती हुन्थ्यो । जनआन्दोलन सफल भए पछि उनी माओवादी भएको भनेर लागे तर माओवादी भने भएनन् । फाइदा लिन खप्पिस चौधरी माओवादीबाट त्यो सम्भावना नदेखे पछि दोस्रो संविधानसभा चुनावको केही दिन अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरे । उनी सदभावनामा प्रवेश मात्र गरेनन्, राजेन्द्र महतो पछिको दोस्रो ठूलो पद अर्थात केन्द्रीय उपाध्यक्ष पनि हात पारे । त्यति मात्र होइन, दोस्रो संविधानसभा चुनावमा टिकट पनि पाए र कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । -अनलाइन हरपल डटकम बाट 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK