
शुक्रबार, ११ भदौ
केशरमणि कटवाल
मंगलबार अपरान्ह प्रधानमन्त्री सुशील कोइरालाको मोबाइलमा घण्टी बज्यो । प्रधानमन्त्रीले निकै घोरीएर फोन हेरे, अनि उठाए ।
प्रधानमन्त्रीले फोन उठाउने वित्तीकै कमाण्डीङ आवाजमा ‘हेलो, सुशील जी बोलरहा है’ भन्ने आवाज आयो । लगत्तै उनले जवाफ फर्काए ‘हुम् मे बोलरहाहुँ, आप कौन है ?’ लगत्तै फोन गर्ने व्यक्तिले जवाफ फर्काए–‘मै मोदी बोलरहा हुँ ।’
यसपछि कोइराला दंग परेर उनलाई धन्यवाद दिए । कोइरालाले सोचेका थिए कि अब मोदीले तपाईहरुले गरेको काम राम्रो छ, अधि बढ्नुस भन्नेछन् ।तर त्यस्तो भएन ।
ठिक उल्टो भयो, मोदी बोल्नथाले । करिब १५ मिनेटको संविदका क्रममा मोदीले सबैभन्दा पहिला कैलालीको टिकापुरमा भएको घटनाप्रति दुःख व्यक्त गरे । अनि उनले सोमबार बामदेव गौतमले संसदमा बोलेको विषयलाई लिएर कोइरालालाई थर्काउन थाले ।
मोदीले– ‘दक्षिणबाट हतियार बोकेर आएका व्यक्तिको समेत संलग्नतामा’ भन्नुको अर्थ सोधे पहिला । यसको जवाफ दिन पनि नसकिरहेका प्रधानमन्त्री कोइरालालाई मोदीले फेरि अर्को पेचीलो चर निकै गम्भिर आरोप लगाए ।
त्यो के थियो भने– ‘कालो कोठरी भित्र बसेर पाँच दश जनाले जारी गरेको संविधान नेपाली जनतालाई मान्य हुँदैन, अब नयाँ पुराना सबै शक्ति मिलेर संविधान जारी गर्नुहोस् ।’
मोदीको यो टेलिफोन संवाद स्वयं हाम्रा प्रधानमन्त्रीले भनेका होइनन् । न त यो कुरा हाम्रो प्रधानमन्त्रीको सचिवालयले नै पुष्टि गरेको छ । तर, मोदी सवयंले, उनको सचिवालय र भारतीय विश्वासीला मिडियाहरुले यो विषयलाई पुष्टि गरिसकेका छन् ।
र मोदीको टेलिफोन संवादको महत्वपुर्ण र धम्कीपुर्ण पाटो भनेकै पुर्व राजा ज्ञानेन्द्र शाहलाई वा उनको परिवारलाई पनि आगामि संविधानमा केही न केही ‘स्पेस’ चाहियो भन्ने नै हो ।
आज भन्दा तीन साता अधि पुर्व राजा ज्ञानेन्द्र शाह सुटुक्क थाइल्याण्ड लागे । उनले सबैभन्दा प्राथमिकता बुहारी हिमानीलाई दिए भने त्यस पश्चात् स्वकीय सचिव सागरराज तिम्सेनालाई ।
पुजापाठको पुर्व सन्ध्यामा ज्ञानेन्द्र
पुजापाठको पुर्व सन्ध्यामा ज्ञानेन्द्र
आफ्ना अंगरक्षकहरुलाई समेत नलिइ सुटुक्क थाइल्याण्ड हानीएका ज्ञानेन्द्र त्यहाँबाट पनि सुटुक्क भारत आइपुगे । भारतमा पनि उनले सुटुक्क धेरै गतिविधि गर्न सफल भए ।
ज्ञानेन्द्रको भित्रि सक्रियताकै फल स्वरुप मोदीको धम्कीपुर्ण टेलिफोन आयो हाम्रा प्रधानमन्त्रीलाई । संविधान जारी हुने अन्तिम समय आइपुग्दा सबैभन्दा बढी पेट पोलाई उनै पुर्वराजा ज्ञानेन्द्र शाहलाई भएको छ ।
भोक निन्द्रा हराएझै उनी ‘गोप्य’ दौडाहामा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अति गोप्य रुपमा भेटेर नेपालमा ‘बेवी किङ’ को प्रावधान बनाउन दावाद दिन लगाएर थाइल्याण्ड लागेको २४ घण्टा हुन नपाउँदै नेपालमा त्यसको संकेत देखिएको थियो ।
मोदीको ‘कल’ ले अत्तालीउका नेताहरुले बाहिरि रुपमा भएपनि मोदीको विरोध गर्न थालेका छन् तर, भित्र भित्र ‘मोदी त्रास’ भने उनीहरुलाई छ नै ।
थाइल्याण्डका राजा भुमिबोल बिरामी भएकाले उनलाई भेट्न गएका होलान् भन्ने सबैको सोचाई थियो । तर, पुर्व राजा सिधै भारत गए विभिन्न आशंका गरिने भएकाले सरकारी सेवाका अंगरक्षकहरुलाई समेत छाडेर थाइल्याण्ड हानीए ।
तत् पश्चात् दिल्ली आएर उनले भारतका धेरै नेताहरुलाई भेटे । स्रोतका अनुसार उनले तत्कालीन सात राजनीतिक दलका नेताहरुसँगको भद्र सहमति अनुसार आफुलाई दरबार छोड्न लगाइएको, पछि कार्यान्वयनमा दवाव नदिँदा आफु जिल्लीएको भन्दै रोष व्यक्त गरेका थिए ।
भारतीय जनता पार्टीका नेता राजनाथ सिंह, कांग्रेस आइका करण सिंह, सोनीया गान्धीको सचिवालय र नरेन्द्र मोदीलाई समेत भेटेर उनले गुनासो गरेका थिए ।
अति गोप्य रुपमा उनको भेटघाट भएपछि मोदीले गुन तिर्ने आश्वासन दिएका थिए । भारतको संसदीय निर्वाचनमा शाहले मोदीलाई चुनाव जिताउन ठुलो सहयोग गरेको र त्यसको बदलामा ‘बेवी किङ’ उपहार पाउने ज्ञानेन्द्रको विश्वास छ ।
उनले यसो गर्दा घर बाहिर रहेका छोरा पारस र बुहारी हिमानीको स्विकृति लिएको स्रोत बताउँछ । उनले बुहारीलाई भने गोप्य भेटमा सहभागिता गराउने गरेका थिए ।
भारतको गोप्य भेटको चाँजोपाँजो पनि बुहारीले गराएकी हुन् । भारतमा उनी गएको थाहा पाउने डरले भेटघाट सक्काएर पुनः थाइल्याण्ड पुगेका थिए ।
यतीबेला मुलुक संविधान लेखनको अन्तिम चरणमा पुगेको छ । हो, यहीबेला विभिन्न खाले चलखेलहरु भैरहेका छन् । शीर्ष नेताहरुले विगत दुई दिनदेखि दिइरहेको अभिव्यक्तिहरु सुन्दा पनि यस्तै लाग्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार संविधानसभामा भनेका थिए–‘अहिलेको संविधानको मार्ग परिवर्तन गराउन देशी विदेशी शक्तिहरुले विभिन्न खाले चलखेल र षड्यन्त्र गरिरहेका छन्, यो बुझ्न सकिएन भने व्यवस्थामा बेइमान हुनसक्छ ।’
ओलीको यो भाषणमा पनि पुर्व राजा ज्ञानेन्द्रको भ्रमणको गन्ध मिसिएको छ । ‘सिँगारी बाख्रो हराउने र बाघ कराउने’ एकैपटक भएको जस्तो यी पछिल्ला परिदृश्यले पुर्व राजाले संविधानमा स्पेस खोजेको देखिन्छ ।
संविधान जारी गर्ने विषयमा थप विवाद देखियो भने उनको यो अभियान पनि थप बलियो बन्ने छ । यस तर्फ भने सबैले बेलैमा सोचुन् ।
नेपालसन्देश बाट