×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीज्यू, टीकापुर घटनाको यथार्थ थाहा छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गृहमन्त्रीज्यू, टीकापुर घटनाको यथार्थ थाहा छ ?

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

टीकापुर घटना निक्कै दुःखद् र त्रासदीपूर्ण छ । यो घटना कि त ठूलो षडयन्त्र हुनुपर्छ, कि त सयौँको संख्यामा हताहती भएका आन्दोलनकारीको संख्या लुकाइएको हुनुपर्छ ।
घटनाबारे अहिलेसम्म एकपक्षीय सूचनाहरु आइरहेका छन् । धेरै मिडियाले सरकारी अधिकारीहरुको सूचनामा केन्द्रित भएर समाचार बनाइरहेको देखिन्छ । बाहिर आएका तथ्यहरु सबै सत्य हुन् भने पक्कै पनि यो आन्दोलनकारी आफ्नै बलबुतामा मात्र भएको भन्न सकिने स्थिति छैन ।
मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।
लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ?
लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् ।
गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन ।
त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन ।
जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन ।
त्यसैले कि यो ठूलो षड्यन्त्र हो कि त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ,  भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन ।
अर्कोतर्फ सरकारी अधिकारीहरुले मृत्यु भएका प्रहरीहरुको संख्याबारे दिएको जानकारी पनि अतिरञ्जित हो कि जस्तो देखिन्छ । प्रजिअले अहिलेसम्म ६ जनाको मात्र हत्या भएको पुष्टि गरेका छन् । तर मिडियाले १७ जनाको हत्या भन्दै प्रचार गरेका छन् । यसले तनाव झन् बढाउने छ ।
यदि कसैले आन्दोलनकारीको भेषमा षडयन्त्रपूर्ण तरिकाले नेपालको तरल राजनीतिक अवस्थालाई अर्को दिशातर्फ मोड्न यो प्रयत्न गरेको हो भने आम नेपालीले सचेततापूर्वक यसको सामना गर्नुपर्छ । आन्दोलकारीले पनि आफ्नो आन्दोलनलाई आफ्नै कमाण्डमा राख्न सक्नुपर्छ ।
षडयन्त्र वा यथार्थ जे भए पनि आफ्नो पहिचान खोज्दै सडकमा आएका थारुहरुको मागलाई बुद्धिहीन नेताहरुले कुनै न कुनै ढंगले चाँडै सम्बोधन गर्नु जरुरी छ । थारुहरुको मात्र होइन उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित गर्नेतिर पनि दलका टाउकेहरुको ध्यान जान उत्तिकै जरुरी छ । होइन भने यस्तो घटना कैलालीमा मात्र होइन देशका विभिन्न स्थानमा कुनै न कुनै दिन हुने अवश्यम्भावी छ । थरुहट माग्ने थाहहरुविरुद्ध सेना परिचालन गर्नुअघि टीकापुर घटनाको यथार्थ स‌ंसद र जनतालाई दिनपर्दैन गृहमन्त्रीज्यू र रक्षामन्त्रीको पद सम्हालिरहेका प्रधानमन्त्रीज्यू ? -इ समता डटकम बाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: