×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुरमा प्रहरीको हतियारसमेत लुटिएको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टीकापुरमा प्रहरीको हतियारसमेत लुटिएको खुलासा

Artha Sarokar

१४ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं, १४ भदौ । आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीको केही हतियार प्रर्दशनकारीले लुटेर लगेको खुलासा भएको छ ।

प्रहरीको एउटा एसएलआर हतियारसहित २ वटा पेस्तोल, एउटा मल्टी प्रपोज गन तथा एयटा ग्यास गन प्रर्दशनकारीले लुटेका छन् । उच्च प्रहरी स्रोतका अनुसार त्यसबेला प्रहरीले बोकेको तीनवटा एसएलआरमध्ये एउटा लुटिएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

भूमिगत समूह भेट्दै आन्दोलनकारी
यसैबीच, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भदौं ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरेलगत्तै काँकडभित्ता हान्निए । सीमावर्ती सहर काँकडभित्ता पुगेपछि उनले गाडी र सरकारले सुरक्षामा खटाएको पिएसओ यतै छाडे र सीमापारी गए ।

सद्भावनाका केन्द्रीय सदस्य किशोरदयाल मिश्र र रविदत्त मिश्र ४० जनाको टोलीसहित भारतको बुटबंगला पुगे र उत्तर प्रदेश विधान सभाका सभामुख माताप्रसाद पाण्डेलाई तराईमा जारी आन्दोलन सघाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाए ।

भदौ पहिलो साता सभासद अभिषेकप्रताप साह, तमलोपाका बृजेशकुमार गुप्ता, सदभावनाका नरसिंह चौधरी सिद्धार्थनगर गएर उत्तरप्रदेशका भारतीय जनता पार्टीका लोकसभा सदस्य जगदम्बिका पालसँग भेटेर फर्किए । स्रोतको पहिलो साता फोरम र सद्भावना पार्टीका नेता भारतीय सीमावर्ती क्षेत्र पुगेर जयकृष्ण गोइत र भगत सिंहसँग भेटेर आन्दोलनबारे छलफल गरेका थिए । नागरिक दैनिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी