कुमारी र सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको खिल्ली उडाएका छन् । राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरी यी बैंक हरु मनलाग्दी हिसावले चलिरहेका छन् ।
राष्ट्र बैंकले गत फागुन २९ गते प्रमुख कार्यकारी पद रिक्त रहेको तीन महिनाभित्र पुर्ति गरिसक्नु पर्ने निर्देशनको दुई बैंकले ठाडो उल्लङघन गरेका हुन् । कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकले राष्ट्र बैंकको निर्देशनलाई टेरेका छैनन् । हाल यी बैंकहरुले कामु अधिकृतले काम चलाइरहेका छन् ।
कुमारी बैंकको व्यवस्थापन कामु प्रमुख कार्यकारीका रुपमा राजिब गिरि र सेञ्चुरी बैंकको अनुजमणि तिमिल्सिनाले हेरिरहेका छन् । भुकम्प, मौद्रिक नीतिजस्ता कारणले त्यतातिर ध्यान नपुगेको भन्दै केन्द्रीय बैंक स्रोतले भने कारवाही हुने बताएको छ । स्रोतले सञ्चालक समितिलाई बोलाएर कडा निर्देशन दिइने बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्