×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा राहदानीबाट करिब रु चार करोड राजस्व

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बागलुङमा राहदानीबाट करिब रु चार करोड राजस्व

Artha Sarokar

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जिल्ला प्रशासन कार्यालय बागलुङले गत आवमा राहदानीबाट करिब रु चार करोड राजस्व सङ्कलन गरेको छ ।
वर्षभरिमा राहदानी बनाउने १६ हजार ३५४ जनाबाट रु तीन करोड ९० लाख ९५ हजार राजस्व उठेको हो । राहदानी बनाउने बढेसँगै सेवाबापत उठ्ने राजस्वमा पनि वृद्धि हुँदै आएको छ ।
गत आवमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बरले बढी थिए । सात हजार ५९४ जनाले नागरिकता बनाएकामा राहदानी बनाउने दोब्बर बढी १६ हजार ३५४ छन् । दु्रत सेवाबाट आठ हजार ६०७ जना र साधारण सेवामार्फत छ हजार ९५४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
द्रुत सेवा लिनेले रु १० हजार तिरेर काठमाडौँबाट हप्तादिनमा राहदानी लिने गरेका छन् । साधारण सेवा प्रयोग गर्नेले रु पाँच हजार दस्तुरमा ४५ दिनभित्रमा जिल्लाबाटै राहदानी पाउने गरेका छन् । अध्ययन र रोजगारीको लागि विदेश जाने क्रम बढेसँगै राहदानी बनाउने बढेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले राजस्वको ठूलो हिस्सा राहदानीबाट उठाउने गरे पनि अन्य क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ । सङ्घसंस्था नवीकरण, हातहतियार, न्यायिक, प्रशासनिक दस्तुर, बेरुजु र सरकारी सम्पत्ति बिक्रीबाट समेत राजस्व उठ्ने गरेको कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी