जिल्ला प्रशासन कार्यालय बागलुङले गत आवमा राहदानीबाट करिब रु चार करोड राजस्व सङ्कलन गरेको छ ।
वर्षभरिमा राहदानी बनाउने १६ हजार ३५४ जनाबाट रु तीन करोड ९० लाख ९५ हजार राजस्व उठेको हो । राहदानी बनाउने बढेसँगै सेवाबापत उठ्ने राजस्वमा पनि वृद्धि हुँदै आएको छ ।
गत आवमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बरले बढी थिए । सात हजार ५९४ जनाले नागरिकता बनाएकामा राहदानी बनाउने दोब्बर बढी १६ हजार ३५४ छन् । दु्रत सेवाबाट आठ हजार ६०७ जना र साधारण सेवामार्फत छ हजार ९५४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
द्रुत सेवा लिनेले रु १० हजार तिरेर काठमाडौँबाट हप्तादिनमा राहदानी लिने गरेका छन् । साधारण सेवा प्रयोग गर्नेले रु पाँच हजार दस्तुरमा ४५ दिनभित्रमा जिल्लाबाटै राहदानी पाउने गरेका छन् । अध्ययन र रोजगारीको लागि विदेश जाने क्रम बढेसँगै राहदानी बनाउने बढेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले राजस्वको ठूलो हिस्सा राहदानीबाट उठाउने गरे पनि अन्य क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ । सङ्घसंस्था नवीकरण, हातहतियार, न्यायिक, प्रशासनिक दस्तुर, बेरुजु र सरकारी सम्पत्ति बिक्रीबाट समेत राजस्व उठ्ने गरेको कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्