Skip to content
LAXMI SUNRISE BANK

पूर्वराजाको कम्पनीले तिरेन कर

अर्थ सरोकार

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष लगानी रहेको दमकको हिमालय टि गार्डेन एण्ड फार्मिङले सम्पत्ति करबापतको रकम तिर्न बाँकी रहेको खुलेको छ । फार्मिङले करिब एक करोड ५० लाख रुपैयाँ बराबरको कर तिर्न बाकी रहेको हो ।
पटकपटक ताकेता गर्दा पनि कम्पनीले रकम तिर्न आनाकानी गरेको छ । दमक नगरपालिकाले एकीकृत सम्पत्ति कर लागु गरे यता दशवर्षको अवधिमा गुडरिकले एक करोड ६७ लाख ३२ हजार दुईसय ४३ रुपैया उठाउन वाँकी रहेको जनाएको छ ।
०६२/०६३ सालदेखि गएको आर्थिक बर्ष ०७१/०७२ सम्म दमक–१५ स्थित गुडरिकले त्यति सम्पति कर बुझाउन बाँकी देखिएको नगरपालिकाको राजस्व शाखाका प्रमुख टिकाराज दाहालले जानकारी दिए । बगानले नियमानुसार एकीकृत सम्पत्ति कर हालसम्म बुझाएका छैनन् । नगरपाालिकाले गुडरिकलाई पटकपटक सम्पत्ति कर बुझाउन अनुरोधका पत्रहरु पठाएको थियो । तर गुडरिकले पत्रबारे कुनै तदारुकता देखाएको छैन । शाखा प्रमुख दाहालले भने, ‘हाम्रो पत्रको बारेमा बगान सञ्चालक बेखबर जस्तै बनेका छन् । पटकपटक पत्र पठायौँ, तर कुनै जवाफ आएको छैन ।’
दमक नगरपालिका बडा नम्बर ९ र १५ मा अवस्थित बगान करिब पाँचसय ७६ बिगाहा क्षेत्रफलमा रहेको छ । बगानको पूर्ण स्वामित्व पूर्वराजा ज्ञानेन्द्रकै छ । पूर्वी नेपालको भम्रणको बेला उनी सोही बगानमा बस्ने गरेका छन् । बगानमा चियाको खेती लगाइएको खबर विराटपथडटकमले लेखेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK