Skip to content
LAXMI SUNRISE BANK

आमा ! हजुरलाई बचाउन खोज्दा आज आफैंलाई बचाउन सकिन्

अर्थ सरोकार

देश बचाउने आशा थियो आमा तर मैले आज आफैलाई बचाउन् सकिन् तर पनि तिम्रा अन्य छोराहरु जिवितै छन् मेरो बाँकी आयु उनीहरुमा लागोस् । मैले गर्न नसकेको बाँकी काम उनीहरुले गरिदिनेछन् अधिकार माग्न आएका मानिसहरुले मेरो बाँच्ने अधिकार खोसिदिए मेरो सानो बाबुलाई पनि छोडेनन् ।
आखिर किन मारे उसलाई मैले सोध्न सकिन् म आफै आत्तिएको थिए पानी पानी भन्दै मेरो शरीर जल्दै थियो । म उफ्र्रन थालेको थिए । तर बचाउ भनेर भन्न सकिन् किनकी म उनीहरुलाई बचाउन आएको थिए । उनीहरु मलाई बचाउन आएका थिएनन् । उनीहरुको अधिकार मिलोस्, आमा म मरे नि के भयो र मेरो देश बाँचेको छ । अहिले नहाँसेर के भयो सधै हाँसेको छ ।
स्वदेशमा भूकम्प आउँदा प्रहरी, बाढी आउदा प्रहरी, विपक्ति आउँदा प्रहरी, अनि सबै भन्दा पहिले मर्नेमा पनि प्रहरी नै आफनो देशका रक्षकलाई यसरी पशु सरह मार्ने कति पोल्यो होला कति आत्तिएको थिए होला ज्युदै आगोमा जल्दा कति तिर्खा लागेको थियो होला अस्ति भर्खर भूकम्प आउँदा साना साना बच्चा बच्चीहरुलाई बचाइदिने प्रहरीको आज बच्चा मारियो । हिजो बाढी आउँदा आफ्नो वेवास्ता गदै ज्यानको बाजी थापेर बचाउन जाने प्रहरीको ज्यान गएको छ ।
नेपालका इमान्दार मृतक प्रहरीमाथि श्रद्धा सुमन प्रकट गर्न चाहे । र अनि यस्ता बहादुर छोरा जन्माउने नेपाल आमाप्रति पनि समवेदना प्रकट गर्न चाहे । हिजो कैलालीमा बाढी आउँदा यिनै प्रहरी ले बचाएका थिए । तर आज तिनै प्रहरीलाई निर्मम हत्या गरियो । कैलालीको टिकापुरमा जुन घटना घट्यो त्यो राज्य अनि प्रहरीका लागि एउटा कालो दिन को रुपमा सावित भयो ।
जसले त्यो घटना घटायो अनि जो त्यस घटना घटाउनुमा परिचालित गरिएका थिए त्यसलाई तपाई राष्ट्रसेवक प्रहरीले त्यही ठाउँमा सबैको चिहान बनाउनु । र सबैलाई फाँसी दिनुहोस् । -नीरु थापा (दैनिक नेपाल डटकम बाट)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK