
नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या आरोपमा पक्राउ परेकाहरुको फोटो खिच्ने क्रममा पोखराका पत्रकार कमल पौडेल अथकले आफुमाथी दुव्र्यवहार भएको बताएका छन् ।
बुधबार दिउँसो पोखराको बगालेटोल घुम्तिको सार्वजनिक बाटोमा नेता बादलको हत्या आरोपमा पक्राउ परेकाहरुलाई नेपाली कागजमा ल्याप्चे सहिछाप गरेको भेटेपछि पौडेलले फोटो खिचेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीतर्फ बाटो लागेको हत्यारा सहितको प्रहरीको गाडी बाटोमा रोकेर नेपाली कागजमा लेखिएको विवरणमा सही छाप लगाउन लगाएकोे देखेपछि आफुले फोटो खिचेको उनले दावी गरे ।
फोटो खिचेपछि किन फोटो खिचेको भन्दै प्रहरी निरीक्षक देवी पौडेल लगायत प्रहरीले क्यामरा खोसी फोटो डिलेट गराउन दवाव दिएको अथकले बताए ।
हत्यामा संलग्न विश्वास गौतम, प्रकाश गुरुङ्ग र राजु रानाभाट सहित प्रहरीको यही फोटो अथकले खिचेका थिए ।
“सार्वजनिक स्थानमा अभियुक्तको सहिछाप गराएको भेटेपछि, त्यसको रहस्य बुझ्न मैले फोटो खिचेको हुँ ।” अथकले भने भने– “फोटो खिच्दै गर्दा पौडेलले सहिछापको कागज टोपीले छोप्दै मलाई दुव्र्यवहार गरे ।”
यस बिषयमा बुझ्दा कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक हरिबहादुर पालले सार्वजनिक स्थलमा अभियुक्तलाई सही गराउने र पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीमाथी छानविन गरिने बताए ।
यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले बुधवार विज्ञप्ति निकालेर केन्द्रीय कार्यवाहक अध्यक्ष कमल पौडेल अथक माथी कास्की प्रहरी निरीक्षक देविप्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले क्यामरा खोसेर गरेको दुव्र्यवहार प्रति खेद प्रकट गरेको छ ।
संस्थाले स्वतन्त्र पत्रकारीतामाथी प्रहरीको हस्तक्षेप हुनु निन्दनिय रहेको भन्दै दोषि प्रहरीलाई कार्वाही गर्न माग गरेको छ ।- नेपाल रिपोर्टस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्