×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बादलका हत्यारालाई घुम्तीमा रोकेर नेपाली कागजमा सही गराईयो, फोटो खिच्दा पत्रकारमाथी दुव्र्यवहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बादलका हत्यारालाई घुम्तीमा रोकेर नेपाली कागजमा सही गराईयो, फोटो खिच्दा पत्रकारमाथी दुव्र्यवहार

Artha Sarokar

१० भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या आरोपमा पक्राउ परेकाहरुको फोटो खिच्ने क्रममा पोखराका पत्रकार कमल पौडेल अथकले आफुमाथी दुव्र्यवहार भएको बताएका छन् ।
बुधबार दिउँसो पोखराको बगालेटोल घुम्तिको सार्वजनिक बाटोमा नेता बादलको हत्या आरोपमा पक्राउ परेकाहरुलाई नेपाली कागजमा ल्याप्चे सहिछाप गरेको भेटेपछि पौडेलले फोटो खिचेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीतर्फ बाटो लागेको हत्यारा सहितको प्रहरीको गाडी बाटोमा रोकेर नेपाली कागजमा लेखिएको विवरणमा सही छाप लगाउन लगाएकोे देखेपछि आफुले फोटो खिचेको उनले दावी गरे ।
फोटो खिचेपछि किन फोटो खिचेको भन्दै प्रहरी निरीक्षक देवी पौडेल लगायत प्रहरीले क्यामरा खोसी फोटो डिलेट गराउन दवाव दिएको अथकले बताए ।
हत्यामा संलग्न विश्वास गौतम, प्रकाश गुरुङ्ग र राजु रानाभाट सहित प्रहरीको यही फोटो अथकले खिचेका थिए ।
“सार्वजनिक स्थानमा अभियुक्तको सहिछाप गराएको भेटेपछि, त्यसको रहस्य बुझ्न मैले फोटो खिचेको हुँ ।” अथकले भने भने– “फोटो खिच्दै गर्दा पौडेलले सहिछापको कागज टोपीले छोप्दै मलाई दुव्र्यवहार गरे ।”
यस बिषयमा बुझ्दा कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक हरिबहादुर पालले सार्वजनिक स्थलमा अभियुक्तलाई सही गराउने र पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीमाथी छानविन गरिने बताए ।
यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले बुधवार विज्ञप्ति निकालेर केन्द्रीय कार्यवाहक अध्यक्ष कमल पौडेल अथक माथी कास्की प्रहरी निरीक्षक देविप्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले क्यामरा खोसेर गरेको दुव्र्यवहार प्रति खेद प्रकट गरेको छ ।
संस्थाले स्वतन्त्र पत्रकारीतामाथी प्रहरीको हस्तक्षेप हुनु निन्दनिय रहेको भन्दै दोषि प्रहरीलाई कार्वाही गर्न माग गरेको छ ।-  नेपाल रिपोर्टस् 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी