Skip to content
LAXMI SUNRISE BANK

संविधानसभा विरुद्ध रामवरण र वैद्यको साँठगाँठ, शीलत निवासमा ‘बागी र दागी’लाई दही चिउरा

अर्थ सरोकार

काठमाडौं, १४ भदौ । राष्ट्रपति डा.रामवरण यादव अन्ततः संविधानसभा बहिस्कार गर्ने मोहन वैद्यसँग कार्यगत एकता गर्ने तहमा पुगेका छन् । संविधानसभाबाट संविधान जारी गर्ने अन्तिम प्रक्रिया चलिरहेका बेला संविधानका संरक्षक मानिने राष्ट्रपतिले ड्यास माओवादीका अध्यक्ष मोहन वैद्यलगायत संविधानसभा विरोधीहरुलाई शीतलनिवासमा बोलाएर ‘तिमीहरुको माग जायज छ’ भन्दै उकास्नुले उनी कार्यगत एकताको तहमा पुगेको प्रष्ट हुन्छ । संविधान जारी भएसँगै आफ्नो पद जाने भएपछि रामवरण यादवले मुलुकको राष्ट्रपतिको हैसियत भूलेर संविधानसभा विरुद्ध देखिने खालकै गतिविधि गर्न थालेका छन् ।

२०७२ भदौ १२ गते शनिबार दिनभरि नै शीतलनिवासमा संविधानसभा र संविधान विरोधी तथा लोकतन्त्र विरोधीहरुको अघोषित कब्जामा रह्यो । राष्ट्रपति रामवरण यादवले संविधान र संविधानसभाले नचिनेका व्यक्ति र संस्थाहरुका प्रतिनिधिलाई शीतलनिवास बोलाएर मजमान खुवाउँदै उक्साएर पठाएको स्रोतले जनाएको छ ।

राष्ट्रपति यादवको भूमिका र पछिल्ला गतिविधि संविधान आउन नदिनमात्रै केन्द्रित भएपछि सरकार र प्रमुख दलका नेताहरु चिन्तित भएका छन् । संविधानले दिएको ‘सेरेमोनियल राष्ट्रपति’को अधिकार भूलेर रामवरण यादवले राजतन्त्रकालका राजाको भूमिकामा आफूलाई प्रस्तुत गर्न थालेपछि समस्या उत्पन्न भएको हो । साँघु साप्ताहिकमा खबर छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK