
कावासोती, ११ भदौ, दुई जीउको शरीर भएकी श्रीमती र काखे छोरा अनि बूढाबूढी भएका बाबुआमालाई छोडेर विदेश हिँडेका कोल्हुवा–४ का बोधबहादुर महतो छ वर्ष बित्दा पनि घर फर्केका छैनन् । सुरुमा मेलेसियामा तीन वर्ष बसेर आएका उनी धेरै पैसा कमाउने भन्दै कुवेत पसे । कुवेत जाने चाँजोपाँचो मिलाउने काम गाउँकै तीर्थ गौतमले गरेको बुबा होमबहादुर महतोले बताउनुभयो । “तर अहिले छोरा कहाँ छ के गरेको छ अत्तोपत्तो छैन” उहाँले भन्नुभयो ।
“काखमा हुर्कदै गरेको जेठो छोराले समेत राम्ररी बाबालाई चिन्न पाएन । यो सानो छोराले त झन देख्न पनि पाएको छैन” बोधबहादुरकी श्रीमती मञ्जु महतोले भनिन्– “यिनीहरुले हाम्रा बा खोई भन्दा मन छचल्किन्छ, बाहिर देखाउन सकिँदैन । परदेशीदाको सुरुको हप्ता त फोन आउँथ्यो अहिले त्यो पनि बन्द भो ।”
“अहिले यी दुई सन्तान हुर्काउन र सासूससुरा स्याहार्न धौधौ परेको छ । सानासाना चिचिला छन्, उनीहरुलाई पढाइलेखाइ गराउनसमेत पैसाको अभाव परेको छ” मञ्जुले गुनासो गरिन् ।
मलेसिया हुँदा हप्ताहप्तामा फोन हुने गरेको र पैसा पठाउने गरेको उहाँले बताउनुभयो । तर कुवेत गएको एक महिनापछि फोन नै आएन । “कुवेत गएको दुई वर्षपछि बोधबहादुर फोन गरेर घर आउछु रु ३० हजार पठाइ दिनु भनेर ५८ वर्षका बुबा होमबहादुर महतोलाई आग्रह गर्नुभयो” उहाँले भन्नुभयो– “बमोजिमको पैसा पनि घरबाट पठाएँ तर पैसा पठाएको त छोराको फोन पनि आउन छोड्यो ।”
“सुरुमा फोन हुँदा छोराले आउँछुआउँछु भन्दै भाका सा¥र्यो पछि त छोराको फोन पनि गरेन पैसा पनि पठाएन ।” ३१ वर्षीय छोराको यो अवस्थाले बाबुआमा । श्रीमती विछिप्त छन् ।
घर छिमेका युवा धमाधम विदेश जाने लहर चलेको थियो त्यतिबेला । राम्रो कमाइ हुन्छ भन्दै घरबाट विदेश जाने सल्लाह गरेका उनलाई आमा गीता कुमारीले जुन देशमा राम्रो कमाइ छ त्यहाँ गए भइहाल्यो नि भनेर भनेकी थिइन । । तर आज छोरो नआउँदा उहाँलाई पछुतो लागेको छ ।
“छोरा नभएपछि बुहारी पनि खुसी देखिँदैन । भगवान्लाई पनि भाकल (प्रार्थना) गरे तर छोरो आएको छैन, रोएर हिँड्न भएन हासे पागल भन्छन्” होमबहादुरले छोरा घर नआएकोमा दुःख व्यक्त गरे । उनको परिवारले अहिले एउटा मात्र अपेक्षा गरेका छन् पैसा नपठाए पनि उनी घर आएर बसे हुन्छ ।रासस
*सांकेतिक तस्विर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्