
काठमाडौँ, २७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमाङ्कनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंसा थेग्न नसक्ने भन्दै लामो सङ्घर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान रेडियो नेपालको भूकम्पपीडितलाई सहयोगार्थ रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सङ्घीयताको कतिपय कुरा टुङ्गेकै छैन, तर आन्दोलन र आक्रोश बढेको छ, हिंसात्मक घटना हुनु दुःखद हो । यसले नकारात्मक सन्देश गएको छ । जनताको मागप्रति चार दलका शीर्षनेताले सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेका छौँ । मुलुकमा अमनचयन कायम गर्न र समस्त जनताले चाहेका हकअधिकारलाई संस्थागत गर्न आन्दोलन फिर्ता लिन आन्दोलनरत पक्षलाई विनम्र अनुरोध गर्दछु ।” रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्