×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुण्डाई गाडीका नयाँ मोडल बजारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हुण्डाई गाडीका नयाँ मोडल बजारमा

Artha Sarokar

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


कोरियन गाडी निर्माता कम्पनी हुण्डाईका दुई नयाँ मोडल नेपालको बजारमा   भित्रिएका छन् । हुण्डाई गाडीको आधारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘इलाइट आई २०’ र क्रसओभर ‘आई २० एक्टिभ’ नेपालमा सार्वजनिक गरेको हो ।

भारतीय बजारमा दुबै मोडललाई अत्याधिक रुचाइएको र नेपालका मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै नयाँ मोडल भित्राएको कम्पनीको भनाइ छ । यसअघि बजारमा आएको हुन्डाइ ‘आई १०’, ‘ग्राण्ड आई १०’ र ‘आई २०’ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको कम्पनीको दाबी छ ।

आई २० एक्टिभको बेस भर्सन ३२ लाख ५६ हजार रुपैयाँमा उपलब्ध छ । त्यसैगरी एस भर्सन ३५ लाख ५६ हजार, बेस डिजेल ३७ लाख ५६ हजार, एस डिजेल ४० लाख ५६ हजार र एसएक्स डिजेल ४३ लाख ५६ हजार रुपैयाँमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

फ्लुइडिक स्क्ल्पचर २.० फिलोसोफिमा बनाइएको यो गाडी स्पोर्टी लुकमा छ । जर्मनीमा डिजाईन गरिएको ‘आई २० इलाइटको एरा भर्सन २७ लाख ९६ हजार रुपैयाँमा बिक्री हुनेछ । म्याग्नाको मूल्य २९ लाख ९६ हजार, स्पोर्टजको ३२ लाख ५६ हजार र आस्टा भर्सन ३३ लाख ९६ हजार रुपैयाँमा बिक्री हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी