
नेपालगन्ज– लगातार १६ दिनदेखिको बन्दले कष्टकर जीवन विताइरहेका बाँकेबासीले आन्दोलनरत पक्षले बन्द खुकुलो पारेपछि राहत महसुस गरेका छन्। संयुक्त रुपमा आन्दोलन गर्दै आएका मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले दुई दिनका लागि बजार, व्यापार, व्यवसाय र साना सवारी साधन सञ्चालन गर्न दिएपछि कष्टपुर्ण जीवन विताइरहेका सर्वसाधारणलाई राहत मिलेको हो।
थरुहट मधेस संयुक्त संघर्ष समितिले बिहीबार सर्वसाधारणको दैनिकीलाई मध्यनजर गर्दै दुई दिन (शुक्रबार र शनिबार) बजार, व्यापार, व्यवसाय र रिक्सा तथा मोटरसाईकल चल्न दिने निर्णय गरेको हो । पत्रकार सम्मेलन नै गरेर समितिले आफ्नो निर्णय सार्वजनिक गरेको छ । समितिले आइतबारबाट भने पुनः बन्दलाई निरन्तरता दिने जनाएको छ । संघर्ष समितिका प्रवक्ता पशुपति दयाल मिश्रले निर्णयबारे नागरिकसँग भने, ‘सर्वसाधारणको दैनिकीलाई कष्टकर हुन नदिन दुई दिनका लागि सहज बनाएका हौं । शुक्रबार र शनिबार बजार, व्यापार, व्यवसाय र चार पांङ्ग्रे बाहेकका सवारी साधन चल्न दिनेछौं ।’
संघर्ष समितिका अगुवाले यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आन्दोलनलाई मर्यादित र शान्तिपुर्ण बनाउने, आन्दोलनमा बालबालिकाको प्रयोग नगर्ने लगायत कुरामा सहमती जनाएका थिए । संघर्ष समितिको निर्णय सार्वजनिक भएसँगै बिहीबार दिउँसोदेखि नै नेपालगन्ज, कोहलपुर, खजुरा बजारमा चहल पहल बढेको छ । लामो समय सम्म बजारमा निस्कन नपाएका सर्वसाधारणको उपस्थिती बाक्लो देखियो । उनीहरु अत्यावश्यक सामाग्री किनमेलमा व्यस्त देखिन्थ्ये । ‘लामो बन्दपछि आज बजारमा किनमेल गर्न आएकी हुँ,’ धम्बोझी निवासी संगीता अधिकारीले भनिन् ‘यस्ता बन्द, हड्ताललाई त आन्दोलनरत पक्षले सधैका लागि बन्द गरे हुन्थ्यो ।’
बिहीबार नेपालगन्जका अधिकांस व्यापार, व्यवसाय सञ्चालनमा आउनुका साथै साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक भीमकिरण बोगटीले बुधबार नेपालगन्जको जनजीवन सामान्य अवस्थामा फर्किएको बताए । ‘जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ,’ उनले भने ‘आज बजार पुरै खुल्यो र साना सवारी साधन पनि धेरै चलेका छन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्