
उर्लाबारी, लोकल कुखुराले कोरलेको अण्डाबाट चारखुट्टे चल्ला निस्किएपछि मोरङको राजघाटका हेर्नेको भीड लागेको छ । राजघाट—७ मा टंकमाया श्रेष्ठको घरमा कुकुराले चारवटा खुट्टा भएको चल्ला कोरलेपछि हेर्नेको भीड लागेको हो । विरलै मात्रामा जन्मिने यस्तो चल्लाबारे जानकारी लिन छिमेकी गोवा लामाले राजघाटको प्रमुख बजारमा दुर्गापुरीमा ल्याएपछि त झन हेर्नेको घुईचो नै लागेको थियो । १० वटा चल्ला कोरलेको पोथीको एउटा चल्लामा चारवटा खुट्टा रहेको लामाले जानकारी दिनुभयो । उनले भने,यस्तो कुखुराको चल्ला कहिल्यै देखेको थिईन् । अचम्म लागेको छ ।’
चारवटा खुट्टा भएर हिडडुलमा केहि समस्या देखिएपनि अवस्था भने अन्य चल्लाको जस्तै सामान्य रहेको छ । चारवटा खुट्टा भएपनि दुईवटा खुट्टाले मात्र चल्ला हिड्ने गरेको छ । यस्तो चल्लाको जन्म हुँदा अशुभ हुने, कुखुरा मासिने जस्ता कुरा गाउँमा उठेपनि कुखुरा बाँचुन्जेल पाल्ने घरधनि टंकमायाले बताउनुभयो ।
विज्ञ शुशिल अधिकारीका अनुसार चारवटा खुट्टा भएको कुखुरा जन्मिनुका विभिन्न कारणमध्ये रेडियोधर्मी किरणको प्रभाव मुख्य हो । यस्तो किरणले कुखुराको भ्रुणलाई असर गर्छ र कुखुराको शरीरमा असामान्य परिवर्तन देखापर्छ । यस्ता कुखुराको मासु खानाले स्वास्थ्यलाई नराम्रो नगर्ने विज्ञ बताउँछन् । -पूर्वेलिन्युज बाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्