×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फस्टाउन थाल्यो म्यारिज ब्युरो, ७० वर्षे वृद्ध पनि म्यारिज ब्युरोमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फस्टाउन थाल्यो म्यारिज ब्युरो, ७० वर्षे वृद्ध पनि म्यारिज ब्युरोमा

Artha Sarokar

६ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

उपत्यकामा अहिले वर तथा वधु खोज्नेहरुको बिचमा लमीको रुपमा कामगर्ने  म्यारिज ब्युरोको व्यवसाय दिनप्रतिदिन फस्टाउँदै गएको छ। बिहे गराइदिएबापत यस्ता संस्थाले वार्षिक ५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेको देखिन्छ। बृन्दा म्यारिज ब्युरोकी सञ्चालक बृन्दा नेपालले यो व्यवसाय गरेको १२ वर्ष जति हुन लाग्यो । तर बिगत ४ वर्ष यतादेखि मात्रै उनले यो व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएकी छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको बृन्दा म्यारिज ब्युरो उनले सञ्चालनमा ल्याएकोे  करिव चार वर्ष हुन लाग्यो। बृन्दा म्यारिज ब्युरोको आम्दानी प्रत्येक वर्ष बढ्दै गएको उनको भनाई छ।

५० वर्षिया बृन्दाले यो व्यवसाय १२ वर्ष अघि एलीको इन्स्योरेन्समा काम गर्दा देखि थालेकी हुन्। सुरुका दिनमा इन्स्योरेन्स कम्पनीमा काम गर्दानै फोनको भरमा काम गरेकी उनले यो व्यवसायमा राम्रो आम्दानी हुने देखेपछि इन्स्योरेन्स कम्पनीको काम छोडेर नमस्ते म्यारिज ब्युरो खोलेकी थिइन।

इन्स्योरेन्स कम्पनीमा काम गर्ने १० जना साथीहरुले मिलेर खोलेको नमस्ते म्यारिज ब्युरो २०६६ सालसम्म चल्यो । तर आफ्ना सहकर्मीहरु विदेशतिर पलायन भएपछि उनको नमस्ते म्यारिज ब्युरो बन्द भयो।  नमस्ते म्यारिज ब्युरोले खासै राम्रो व्यवसाय गर्न नसकेको उनको भनाई छ।

त्रिभुवन बिश्वबिद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकि बृन्दाले अहिले यो व्यवसायबाट सेवा र व्यवसाय दुवै गरेको बताउँछिन्। उनले भनिन् ‘ मेरो बहिनी विधवा बनेपछि मलाई उसको लागि जोडी खोज्न तीन वर्ष लाग्यो त्यसलगत्तै मलाई यस खालको व्यवसाय नेपालमा चलाउन आवश्यक लाग्यो।’
अहिलेसम्ममा बृन्दा म्यारिज ब्युरोमा एक हजार भन्दा बढी आवेदन आइसकेका छन्। त्यसमध्ये झन्डै दुईसयजनाको भने बृन्दा म्यारिज ब्युरोले बिहे गरिदिइसकेको छ।
आवेदन फाराम भरेको बृन्दा म्यारिज ब्युरोले दुई हजार रुपैयाँ लिने गरेको छ। आवेदन फाराम भर्ने बेलामा क्वाटर साइजको फोटो,बायोडाटा र नागरिकताको फोटोकपी अनिवार्य रुपमा पेश गनृुपर्ने नेपालले जानकारी दिइन।

बिहे पश्चात भने बर र बधु दुवैले गरि ४० हजार रुपैया म्यारिज ब्युरोको लागि सेवा शुल्क बापत तिर्नुपर्दछ। नेपाल भित्रै बस्ने बरबधुको बिहे पश्चात ४० हजार रुपैयाँ लिने  गरेको भएपनि नेपालबाट बिदेशमा काम वा अध्ययनको लागि गएकाहरुलाई भने वर–वधुको बिहे पश्चात ६० हजार रुपैयाँ लिने गरेको उनले जानकारी दिइन।
तर उनको फोन तथा बिज्ञापन वापतको खर्च पनि ठूलैछ ।

दुई हजार रुपैयाँ तिरेर आवेदन फाराम भरेपछि उनले राष्ट्रियस्तरको दैनिक पत्रिकामा तिन पटक सम्म सो आवेदकको लागी वर अथवा वधु खोज्नको लागि बिज्ञापन छपाउने गर्छिन्। बिज्ञापन छपाउँदा एक हजार देखि १५ सय रुपैयाँ सम्म खर्च हुने गरेको नेपालले जानकारी दिइन।

डाक्टर इन्जिनियर तथा अमेरिका, अष्ट्रेलिया जस्ता बिदेशमा अध्यययन गर्न गएकाहरु उनका प्रमुख ग्राहक हुन्। साथै डिभोर्स गरेर बसेका तथा एकल महिला र एकल पुरुष पनि उनका ग्राहक रहेका छन्। ७० वर्षिय वृद्धपनि अहिले उनकोमा सेवा लिन आइरहेको नेपालले जानकारी दिइन।

यस विषयमा थप अरु जानकारी दिन नसकेको उनले बताईन ।
‘श्रीमतीको नाममा घरसम्पत्ती बनाइदिएका पुरुषहरु श्रीमती अर्कैसंग बिहे गरेर गएको वा ब्वाईफ्रेन्डसंग बसेको भन्दै नयाँ दुलहीको खोजिमा मेरोमा आउनेहरुपनि धेरै छन्।’उनले भनिन्‘ विदेशमा गएर उतैको केटा र केहिसंग बिहे भएपश्चात  डिभोर्स गरि दुलहा र दुलही खोज्न आउनेको संख्या पनि अत्याधिक रहेको छ। ’

एलीको इन्स्योरेन्समा युनिट म्यानेजरको पद सम्हालेकि उनले इन्स्योरेन्स कम्पनीमा काम गर्दा भन्दा यसबाट राम्रो आम्दानी भएको जानकारी दिइन। तर यस व्यवसायमा कहिलेकाहि अनावश्यक रुपमा फोन आउने र सेवा प्रदान गरेपश्चात पैसा असुल गर्न कठिन हुने उनको अनुभव छ।

म्यारिज ब्युरोबाट उनले केटा र केटीको भेट मात्रै होइन उनिहरुको बिहेपश्चातको भविष्यमा बारेमा ज्योतिषी सेवा समेत प्रदान गर्ने  गरेकी छन्। आवेदकको जात, गोत्र, राशी  र नक्षत्र हेरेर उनले जोडा खोजिदिने गरेकी छन्। तर उनले यो ज्योतिषी सेवा प्रदान गरेबापत भने कुनै शुल्क लिने नगरेको बताइन।

आर्थिक स्तर कमजोर भएकाहरु केहि मानिसहरुलाई भने निशुल्क  सेवा समेत प्रदान गरेको उनले बताइन। एनजिओ र इन्स्योरेन्समा समेत काम गरेको अनुभव रहेको नेपाललाई अहिले सवैभन्दा सन्तुष्टी म्यारिज ब्युरोको व्यवसायबाट प्राप्त भएको छ।

 उनका अनुसार अहिले राजधानीमा झन्डै १० वटा म्यारिज  ब्युरो व्यावसायिक रुपमा फस्टाएका छन् । केही भने बदनाम पनि भएका छन् । विवाहको नाटक गरेर चीन लगायतका देशमा युवती तस्कर गर्ने म्यारिज ब्युरोमाथि प्रहरीले छापा मारेपछि त्यस्ता संस्था बन्द भएका छन् । -सेतोपाटी

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी