×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा गृहमन्त्रीको ‘दक्षिण तर्फबाट घुसपैठ’ अभिव्यक्ति प्रति मोदीको आपत्ति, कोइराला मोदी फोन वार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संसदमा गृहमन्त्रीको ‘दक्षिण तर्फबाट घुसपैठ’ अभिव्यक्ति प्रति मोदीको आपत्ति, कोइराला मोदी फोन वार्ता

Artha Sarokar

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालमा जारी हिंसा र राजनीतिक घटनाक्रम प्रति चासो राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई फोन मार्फत सम्पर्क गरेका छन् | फोन वार्तामा उनले कैलाली हिंसा, तराई-मधेसमा जारी आन्दोलन र संबिधान निर्माणका बिषयमा चासो राख्दै जानकारी लिएका हुन् | तीन दलले जबर्दस्त ढंगले एकतर्फी रुपमा संबिधान जारी नगर्न र आन्दोलनरत सबै पक्ष संग वार्ता गरी संबिधान उनीहरुका जायज माग समेट्न सुझाव दिएका छन् |

त्यस्तै टिकापुर घटना पछि ब्रीफिंग गर्दै संसदमा गृहमन्त्री बामदेव गौतमले ‘टिकापुर आन्दोलनमा दक्षिण तर्फबाट घुसपैठ भएको सूचना प्राप्त भएको’ भन्ने अभिव्यक्ति प्रति कडा आपत्ति जनाएका छन् | वास्तविक सत्य-तथ्य नबुझी दुइ देशीय सम्बन्धमा असर पर्ने यस्ता अभिव्यक्ति दिन नहुने धारणा राखेका छन् | नेपालको संविधान निर्माण र सम्बृद्धिमा भारत सधै सहयोगी प्रष्ट परेका छन् | नेपालमा छिटै संविधान आओस र दिगो शान्ति छाओस भन्ने आफ्नो अपेक्षा रहेको भन्दै सोहि अनुसार भारतको भूमिका प्रति आश्वस्त रहन बताएका छन् |

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी