×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुर घट्नाको भोलिपल्टै थारु सभासद्ले दिए यस्तो चेतावनी (भिडियो सहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टीकापुर घट्नाको भोलिपल्टै थारु सभासद्ले दिए यस्तो चेतावनी (भिडियो सहित)

Artha Sarokar

९ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

थरुहट, थारुवान संयुक्त संघर्ष समिति तथा कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् र नेताहरुले सोमबार टीकापुरमा भएको घट्नाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले सुनियोजित ढङ्गले टीकापुर घटना घटाएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने जिकीर गरे ।

सरकारले अहिले पनि कैलालीमा सेनाको उपस्थितिमा हिंसा भड्काउने कार्य गरिरहेको भन्दै उनीहरु तत्काल सेना नहटाए त्यसबाट सृजना हुने सबै किसिमको अवस्थाको सरकार जिम्मेवार हुने चेतावनी दिए । कैलाली र कञ्चनपुर छुट्याउन नदिने भन्दै उनीहरुले मंगलबार पनि सुरक्षाकर्मीको सहयोगमा थारुहरुको घर जलाउने, तोडफोड गर्ने, थारुहरुलाई पक्राउ गर्ने कार्य भइरहेको बताए । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक धनिराम चौधरी, सभासद जनक चौधरी, रुक्मणी चौधरी, सुरेन्द्रप्रसाद चौधरी लगायतका कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् तथा नेताहरुको सहभागिता थियो ।- मिडिया एन पी टिभी

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी