
छिमेको भातरमाको तुलनामा नेपालमा कारको मूल्य दुई सय प्रतिशत भन्दा महङ्गो पर्छ । तर, नेपाली बजारमा महँगा कारका सौखिन कम छैनन्। त्यसकै प्रतिफल हो यहाँ सबैखाले सुविधासम्पन्न विलासी सवारी उपलब्ध छन्।
नेपाली बजारमा १० लाख रुपैयाँभन्दा माथिका ‘प्राइभेट कार’ उपलब्ध छन् । हाम्रो सडकमा छिमेकी भारत र चीनदेखि युरोप/अमेरिकामा बनेका कारसम्म गुडेको देख्न पाइन्छ। कर्पोरेट क्षेत्रको विस्तारसँगै नेपाली सडकमा करोडका कार सामान्य देखिन्छ। यी हुन् नेपाली बजारमा उपलब्ध करोड रुपैयाँ माथिका कार र स्पोर्ट्स युटिलिटी भेइकल (एसयुभि) :
करोडमाथि टोयोटाको दवदवा
जापानी ब्रान्ड टोयटा नेपाली बजारमा धेरै प्रिय छ। नेपाल भित्रिएका मध्ये टोयोटाको करोडमाथिको सबैभन्दा कम मूल्यको एसयुभि हो रेभ फोर। यसको मूल्य १ करोड ८ लाख रुपैयाँ छ।
टोयोटाकै फर्चुनर १ करोड १६ लाख रुपैयाँको गाडी हो। यही कम्पनीको ल्यान्डक्रुजरको मूल्य १ करोड ५० लाखबाट सुरु हुन्छ। र नेपालमा २ करोड ६० लाख रुपैयाँसम्मका ल्यान्डक्रुजर उपलब्ध छ। टोयोटाकै प्राडो १ करोड ६० लाखदेखि १ करोड ९६ लाख रुपैयाँमा यहाँ बिक्री हुने गरेको छ।
माज्दा सीएक्स ५: माज्दा सीएक्स जिप नेपाली बजारमा १ करोडबाट उपलब्ध छ। यही गाडीको फोर ह्विलको मूल्य भने १ करोड ५ लाख रुपैयाँ तोकिएको छ।
कियाको सोरेन्टो: किया मोटर्सको सोरेन्टो काठमाडौंमा चल्ने करोडमाथिको गाडी हो जसको मूल्य १ करोड १५ लाख रुपैयाँ छ।
भक्सवागन: भक्सवागनको ट्वारेगका १ करोड ६२ लाख रुपैयाँदेखि १ करोड ८२ लाख रुपैयाँसम्म उपलब्ध छन्। यी गाडीले पनि काठमाडौंको सडकका शोभा बढाइरहेका छन्।
हुन्डाइको सान्ता फे: हुन्डाइको सान्ता फे नेपाली बजारमा १ करोड १८ लाख ९६ हजारमा उपलब्ध छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्