×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ’ –प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ’ –प्रधानमन्त्री

Artha Sarokar

१३ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री सुशील कोइरालाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई ‘ज्यान ठूलो हो’ भनेर सम्झाइदिन चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थीहरूदाई सुझाव दिएका छन्। धर्नासहित ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीहरूमध्ये तीनजनालाई भित्र बोलाएर यस्तो आग्रह गरेका छन् ।

प्लेकार्ड बोकेर चर्का नारा लगाइरहेका विद्यार्थीलाई सुरक्षाकर्मीमार्फत भित्र बोलाएका प्रधानमन्त्रीले सरकारले पहिलेभन्दा धेरै काम गरिसकेको दाबी गरेका थिए ।
सुरुमै भेट्न गएका मध्य रेजिडेन्ट चिकित्सक डा.नर्मल लामिछानेले डा. केसीको अनशन छैटौ दिनमा चलिरहेको र यसपटक अघिल्ला पटकभन्दा स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका थिए । ‘काम हुँदैछ, उहाँलाइृ सम्झाइदिनुस्, सबैभन्दा ७ूलो कुरा ज्यान होm’ प्रधानमन्त्रीले विद्यार्थीलाई भनेको भेटमा सहभागी अर्का विद्यार्थी सुमन आचार्यले बताए ।

डा.केसी अनसन बसेको छैठौ दिन बितिसक्दा पनि सरकारले उनका माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छैन । यसअघि तेस्रो दिन सरकारले एकतर्फी रूपमा अनसन तोड्न आग्रह गर्दै पत्र पठाएको थियो । त्यसयता सरकारका कोही पनि अधिकारी केसीको माग पुरा गर्न पहल नगरेको सहकर्मीहरू चिकित्सकहरूले गुनासो गरेका छन्। नागरिक दैनिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी