×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन्

Artha Sarokar

१३ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् ।
उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि सरकारबाट पाँच लाख रुपैयाँ लिएकी थिइन् ।
उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई नै फिर्ता गरिदिएकी हुन् ।
‘जुन उद्देश्यले रकम लिएकी थिएँ, त्यो काम गरेर बचेको पैसा राख्न मन लागेन’ पूर्वसभासद चौधरीले अनलाइनखबरसँग भनिन्-‘मैले फिर्ता गरेको रकमले अरु गरिब दुःखीलाई पनि उपचार गर्न मिलोस् भनेर स्वास्थ्य मन्त्रालयको खातामा हाल्दिएँ ।’
कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् ।
अहिले आफ्नो स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी