
क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको रकम फिर्ता गरेकी छन् ।
उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि सरकारबाट पाँच लाख रुपैयाँ लिएकी थिइन् ।
उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई नै फिर्ता गरिदिएकी हुन् ।
‘जुन उद्देश्यले रकम लिएकी थिएँ, त्यो काम गरेर बचेको पैसा राख्न मन लागेन’ पूर्वसभासद चौधरीले अनलाइनखबरसँग भनिन्-‘मैले फिर्ता गरेको रकमले अरु गरिब दुःखीलाई पनि उपचार गर्न मिलोस् भनेर स्वास्थ्य मन्त्रालयको खातामा हाल्दिएँ ।’
कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् ।
अहिले आफ्नो स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्