
(एजेन्सी) अत्याधिक चुरोट सेवन गर्नेहरु कहिलेकाँही चुरोट सेवन गर्नेको तुलनामा चुरोट छाडेपछि मोटाउने गरेका नयाँ सर्वेक्षणले देखाएको छ । अमेरिका गरिएको एक नयाँ सर्वेक्षणपछि भनिएको छ, ‘कहिलेकाँही चुरोट सेवन गर्नेका लागि यो सुखद खबर हुनसक्छ किनकी उनीहरुले चुरोट छाड्दा पनि खासै तौल बढ्नेछैन् जत्तिको अत्याधिक चुरोट सेवन गर्नेले चुरोट छाडेपछि बढ्नेछ ।’
चुरोट छाडेपछि केही न केही तौल भने अवश्य बढ्नेछ । तर तौल कति बढ्छ भन्ने विषय व्यक्तिमा भरपर्छ । १२ हजार २ सय ४ जनामाझ गरिएको सर्वेक्षणपछि प्राप्त नतिजाले भनेको छ । ‘सहज रुपमा बुझ्नुपर्दा मानिसले तौल बढाउनका लागि के गर्छ भन्ने विषयले तौल बढाउन भूमिका खेल्नेछ । तर चुरोट सेवनपछि केही न केही तौल अवश्य बढ्नेछ ।’
अनुसन्धानकर्ताले दैनिक रुपमा व्यक्तिले खाने गरेको चुरोटको संख्या र उनीहरुले चुरोट छाड्नुअघि त्यसले स्वास्थ्यमा पारेको प्रभावको विषयमा खोजी गरेका थिए । चुरोट छाडेको १० वर्षभित्र उनीहरुको तौलमा के–कस्तो परिवर्तन आयो भन्ने विषय अनुसन्धान समेटिएको छ । दैनिक १५ वटाभन्दा कम चुरोट पिउनेमाझ अध्ययन गर्दा चुरोट छाड्ने र चुरोट नछाड्नेबीच तौलमा खासै फरक देखिएन । तर २५ वा त्योभन्दा धेरै चुरोट खाने व्यक्तिबीच अध्ययन गर्दा १० वर्षअघि चुरोट छाडेका र अहिले चुरोट सेवन गरिहेका बीचको तौल अन्तर निकै देखियो । २५ खिल्लीभन्दा धेरै चुरोट खानेले चुरोट छाडेपछि २३ पाउन्डभन्दा धेरै तौल दैनिक बढेको अनुसन्धानबाट पत्ता लाग्यो । -रातोपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्