×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीलाई ठूलो सफलता: प्रहरीको हत्यामा संलग्न रामजनम चौधरीसहित दश जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रहरीलाई ठूलो सफलता: प्रहरीको हत्यामा संलग्न रामजनम चौधरीसहित दश जना पक्राउ

Artha Sarokar

९ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं, ९ भदौ । कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा मंगलबार हत्यामा संलग्न दश जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरूमा मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, जोशिपुर-४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरिया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया, मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनका क्रममा सोमबार टीकापुरको मनुवा गाविस-६ सिमल चौराहमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।- दैनिक नेपाल मा खबर छ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी