
मुलुकमा नयाँ संविधान जारी हुने समय नजिकिँदै जाँदा तराइका केही भू–भागमा भएको हिंसात्मक घटनाका कारण झापाका सम्पूर्ण राजनीतिक दलहरूबीच जिल्लामा धार्मिक, साम्प्रदायिक, सामाजिक सद्भाव मेलमिलाप शान्ति र सहिष्णुता कायम राख्न बिहीबार ६ बूँदे सहमति भएको छ ।
मुलुकका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनालाई दृष्टिगत गरी आन्दोलनमा रहेका राजनीतिक दल तथा मोर्चाहरूले सम्वाद समूहको टेबलमा उपस्थित भई झापामा सद्भाव र शान्ति भड्कन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
हिंसात्मक आन्दोलन तथा झडपबाट उत्पन्न हुन सक्ने परिस्थितिप्रति सचेत र संवेदनशील बन्दै कुनै प्रकारका साम्प्रदायिक र धार्मिक द्वन्द्व उत्पन्न हुन नदिने उद्देश्यले उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।
आन्दोलनरत दल तथा मोर्चाहरूले एक अर्काको आन्दोलनलाई सम्मान गर्दै त्यस्ता कार्यमा अवरोध नगर्ने र आन्दोलन शान्तिपूर्ण, मर्यादित, व्यवस्थित बनाउने सहमति गरेका छन् ।
सहमतिमा नेपाली काँग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक, एकीकृत नेकपा माओवादीका अध्यक्ष धर्मशीला चापागाई, नेकपा–माओवादीका सेक्रेटरी रोशन कन्दङ्वा, फोरम लोकतान्त्रिकका अध्यक्ष भरतसिंह राजवंशी, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, तमलोपाका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष धीरेन लावतीले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्