Skip to content
LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्स २० औं वर्षमा

अर्थ सरोकार

रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको १९ औं वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कम्पनीका अध्यक्ष देवि प्रकाश भट्टचनले कम्पनीले गत आ.व.मा गरेको कार्य प्रगति सम्वन्धमा जानकारी गराए ।
उनले कम्पनीले गत आ.व.२०७१/०७२ मा ७२ हजार २ सय १५ बीमालेखबाट ७३ करोड १४ लाख ७५ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको बताए । हाल कम्पनीको चुक्ता पुंजी २९ करोड ९८ लाख ११ हजार १०० पुगेको जनाउँदै कम्पनीलाई मजबुद बनाउँदै लैजान नियामक निकायको निर्देशन बमोजिम चुक्ता पुँजी बृद्धि गर्दै लैजाने योजना रहेको बताए ।
कम्पनीले आफ्नो सेवा विस्तारको लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोवार सुचारु गरेको जानकारी गराउँदै आगामी दिनमा सेवा बिस्तारको लागि उपयुक्त स्थानको पहिचान गरी थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने जानकारी गराए ।
सोहि कार्यक्रममा बोल्दै कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताए । गत बैशाख १२ तथा २९ गते गएको शक्तिशालि महाभुकम्पको कारण भएको धन जनको क्षति तथा सोको कारण कम्पनीमा परेको दावीको मुल्याङ्कन गराई दावि भुक्तानी कार्य भैरहेको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK