कैलाश विकास बैंकलाई उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गरेको भन्दै प्रथम पुरष्कार प्रदान गरिएको छ । आर्थिक वर्ष २०७१–७२ मा वार्षिक वित्तीय प्रतिवेदन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले निर्धारण गरेका आवश्यक मापदण्ड पुरा गरी बनाएकोले बैंक पुरष्कृत भएको हो ।
संस्थाले हरेक वर्ष प्रदान गरिने विकास बैंक तथा वित्त कम्पनी समूह मध्येको उत्कृष्ट वित्तीय प्रतिवेदन प्रथम पुरस्कार कैलाशलाई प्राप्त भएको हो । संस्थाले प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदनलाई उत्कृष्ट प्रतिवेदनको रुपमा पुरष्कृत गरेकोमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाप्रति बैंकले आभार प्रकट गरेको छ ।
बैंकले पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता सहित निरन्तर उत्कृष्ट सेवा प्रदान गर्नेे प्रण गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । निरन्तर रुपमा आफ्नो कारोवार बृद्धि गर्दै अघि बढीरहेको बैंकले चुक्ता पूँजी ८९ करोड ५३ रुपैंया कूल निक्षेप ८ अर्ब ९९ करोड, कूल कर्जा रु.७ अर्ब ९४ करोड तथा संचालन मुनाफा ४० करोड ४५ लाख बनाएको छ ।
हालसम्म विभिन्न जिल्लाका २४ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सुविधा सहित १४ वटा एटिएम मेशिन मार्फत आफ्नो सेवा प्रदान गर्दै छ । निकट भविष्यमा चितवन र गोरखामा १-१ वटा शाखा थप गरी कारोवार संचालन गर्ने तयारी भएको बैंकले जानएको छ ।