
इटहरी : थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
लेखीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावललको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका छन् ।
शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, ‘अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तरार्इ र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ।’
लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कार्वाहि गर्ने चेतावनी दिरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्