
आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएका छन् । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको समाचार स्रोतको दाबी छ ।
गत सात आफ्ना स्वकीय सचिव सागर तिमिल्सेनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड गएका पूर्वराजा शाहले चीन र भारतबीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पूर्वराजा शाहद्वारा आयोजित उक्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता थियो ।
राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ । कुरा मिलेपछि पूर्वराजा शाह सिंगापुर हुँदै दिल्ली पुगेका छन् । उनी दिल्ली पुग्नु दुई दिनअघि पूर्वयुवराज्ञी हिमानी शाह पुगेको बुझिएको छ ।
दक्षिण–पूर्वी एसियामा पश्चिमाहरूको अतिक्रमण सामना गर्न चीन र भारत मिल्नुपर्ने र नेपालमा राजतन्त्र हुनुपर्ने अवधारणा भारतीय जनता पार्टीको छ । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।
कांग्रेस र माओवादी तयार नभएसम्मका लागि राजतन्त्र पुनर्बहाली सम्भावना छैन भन्ने तर्क राख्दै आइरहेका विजय जोलीलाई भाजपाले नेपाल मामिला हेर्न प्रतिबन्ध लगाइदिएको छ । तर जोलीकै सल्लाहबमोजिम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणमा बोलाइएको हो । राजतन्त्र पुनर्बहालीका लागि सहमत भएर प्रचण्ड स्वदेश फर्केको दाबी समाचार स्रोतको छ ।
Parkash Dahal on Prachanda and Deuwa 1
निर्मल निवास स्रोतका अनुसार राजसंस्था पुनर्बहालीका लागि बीजेपी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच संवादको वातावरण मिलाइदिने भूमिका माया शाह ठकुरी नाम गरेकी एक महिलाको छ । उनी मुम्बई निवासी हुन् । उनकी आमा नेपालकी हुन् । माया शाह ठकुरी र बीजेपी अध्यक्ष अमित शाहबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन्छ । यही सम्बन्धका कारण बीजेपीले गम्भीरतापूर्वक राजतन्त्र पुनर्बहाली गर्ने अभियानको जोखिम उठाएको हो, स्रोतले भन्यो ।
यो अभियान जोखिमपूर्ण छ भन्ने कुरा बीजेपीका धेरै नेताहरूले चाल पाएका छन् । नयाँ संविधान जारी हुने मिति लम्ब्याउनुपर्ने, मिति लम्ब्याउनका लागि ठाउँठाउँमा आन्दोलन उठाएर अशान्ति मच्चाउनुपर्नेलगायत थुप्रै चुनौतीहरू रहेका छन् । अहिले ठाउँठाँउमा आन्दोलनको आगो बाल्न पनि सुरु गरिएको छ । धेरैजसो क्षेत्रका आन्दोलनमा भारतीयहरूकै सहयोग रहेको बुझिएको छ ।
तर आन्दोलन नियन्त्रण बाहिर गयो या आन्दोलनको लगाम अमेरिकाको हातमा पुग्यो भने नेपाल मात्रै होइन, भारत पनि समाप्त हुने अवस्था छ । त्यसैले राजसंस्था पुनर्बहालीको अभियानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले निकै महँगो र जोखिमपूर्ण भन्ने प्रतिक्रिया दिएक छन् ।
तरुण साप्ताहिकबाट सभार गरिएको
यसैबीच, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि भारत भ्रमणमा जाने भएका छन् । उनी भदौको दोस्रो साता दिल्ली जाने बताइएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा भने शुक्रबारदेखि नै दिल्लीमा छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठ विरामी भई दिल्लीमा उपचार गरिरहेकाले उनको स्वास्थ्य स्थिति बुझ्ने बहानामा थापा दिल्ली पुगेका हुन् । पछिल्ला गतिविधीले राजा सहित राजतन्त्रबादीहरु दिल्लीमा जमघटमा रहेको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्