
एसएसपीः भाइहरु अब गोली चलाउनु पर्ने नै भयो चलाऊ
सरः हामीसँग त टियर ग्याँस मात्र छ, हतियार छैन
एसएसपीः ओ हो ? सशस्त्रका एसपी साव खै ?
यो संवाद टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र जवान लोकन्द्र शर्माबीचको हो । सुरुमा आन्दोलनकारीलाई ‘भाइहरु यस्तो नगर्नुस’ भन्दै आएका न्यौपानेका अगाडी नै एक प्रहरी जवानलाई पेटोल छर्केर आगो लगाएपछि गोली हान्ने आदेश दिएका थिए । आदेश त दिए तर गोली हान्ने सिपाईका हातमा हतियार थिएन ।
‘तत्कालै उहाँ सशस्त्रका एसपी लक्ष्मणबहादुर सिंह साव भएको ठाउँमा जानु भयो, गोली चलाउन र माहोल साम्य पार्न आग्रह गर्नु भयो’, जवान लोकन्द्रले भने ‘सशस्त्रका एसपी सावले आदेश छैन दाई भनेर टारी दिनु भयो ।’
त्यसपछि फेरी एसएसपी न्यौपाने आन्दोलनकारी भएको ठाउँमा पुगेर भाइहरु शान्त हुनुहोस भन्दै पुगे । ‘त्यही पछाडीबाट भाला रोपियो, त्यो त्र्रmर दृष्य एसपी सावले हेरिरहनु भयो । तर गोली चलाउन आदेश दिनु भएन । त्यही बेला गोली चलाएको भए सायद उहाँलाई घाइते अवस्थामा उद्धार गर्न सकिन्थ्यो ।’
एसपी लक्ष्मणबहादुर सिंहले गोली चलाउने आदेश पनि मागेका थिए । तर डीआइजी खडानन्न चौधरीले गोली चलाउन आदेश दिएनन् । तीन पटक एसपीले गोली चलाउने आदेश मागेका थिए । तर उनले गोली नचलाई त्यहाँबाट सुरक्षित फर्किन आदेश दिएका थिए ।
कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि दुई सुरक्षाकर्मीबीच तालमेल नमिलेका कारण दुखद घटना भएको बताएका छन् । नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग नगरेका कारण दर्दनाक घटना भएको उनले बताए ।-एस काठमाडौँ डटकम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्