
काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा भएको छ ।
गृहमन्त्री बामदेव गौतमले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएका हुन् ।
उच्च स्रोतका अनुसार गौतमले सिमावर्ती भारतको थक्रौलाबाट हतियारसहित दुईवटा बलेरो गाडीमा आएकाहरुले घटना गराएको जानकारी शीर्ष नेतृत्वलाई दिएका छन् ।
‘बाहिरका मानिसहरुले आन्दोलनकारीको भिडमा घुसेर घटना गराएको देखिन्छ’, बैठकमा गौतमले भनेका थिए ।
थरुहट प्रदेश माग गर्दै आन्दोलनमा उत्रिएको उत्तेजक समूहले नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीलाई नियन्त्रणमा लिएर निर्ममतापूर्वक हत्या गरेको थियो । घटनापछि कैलाली तनावग्रस्त छ ।- काठमाडौँ टुडे मा खबर छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्