×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट बलेरो गाडीमा आएकाहरुले कैलाली नरसंहार गराएको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतबाट बलेरो गाडीमा आएकाहरुले कैलाली नरसंहार गराएको खुलासा

Artha Sarokar

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा भएको छ ।

गृहमन्त्री बामदेव गौतमले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएका हुन् ।

उच्च स्रोतका अनुसार गौतमले सिमावर्ती भारतको थक्रौलाबाट हतियारसहित दुईवटा बलेरो गाडीमा आएकाहरुले घटना गराएको जानकारी शीर्ष नेतृत्वलाई दिएका छन् ।

‘बाहिरका मानिसहरुले आन्दोलनकारीको भिडमा घुसेर घटना गराएको देखिन्छ’, बैठकमा गौतमले भनेका थिए ।

थरुहट प्रदेश माग गर्दै आन्दोलनमा उत्रिएको उत्तेजक समूहले नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीलाई नियन्त्रणमा लिएर निर्ममतापूर्वक हत्या गरेको थियो । घटनापछि कैलाली तनावग्रस्त छ ।- काठमाडौँ टुडे मा खबर छ

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी