Skip to content
LAXMI SUNRISE BANK

किरियामा बसेका एसएसपी न्यौपानेका छोरोले सोधे, ‘प्रधानमन्त्री ज्यू, आपराधिक समूहलाई उकास्ने मधेसवादीलाई किन कारबाही हुँदैन ?’

अर्थ सरोकार

काठमाण्डु, १२ भदौ– प्रधानमन्त्रीज्यू, मेरो निहत्था बाबालाई चरम यातना दिएर किन मारियो ? जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले भने,‘घटनाले मलाई धेरै मर्माहत बनाएको छ ।

जे भयो, दुःखद भयो । म सबै कुराको दायित्व लिन्छु । तपाईहरुका माग तथा भनाइ के छन् सबै भन्नुस्, राज्यले आफ्नो दायित्व पूरा गर्छ ।’ टीकापुरमा हत्या गरिएका वरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई समवेदना दिन शुक्रबार साँझ सिनामंगलस्थ्ति न्यौपाने निवास पुग्दा प्रधानमन्त्री सुशील कोइरालालाई बाबुको किरियामा बसेका छोरा सन्देशले यस्तो प्रश्न गरेका हुन् ।

‘प्राणरक्षाका लागि कसैको घरमा शरण लिएर बस्दासमेत आन्दोलनकारीले किन लखेटी लखेटी मारे ? राष्ट्रसेवकको हैसियतमा आन्दोलनलाई साम्य पार्न सम्झाउँदै गर्दा बाबामाथि जाइलाग्ने आपराधिक समूहलाई उकास्ने मधेसवादी दलका नेतालाई किन काबाही हुँदैन ? ’ किरियामा बसेका सन्देशको प्रश्नले प्रधानमन्त्री भावुक बने ।
–गोरखापत्र दैनिकबाट

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK