Skip to content
LAXMI SUNRISE BANK

सुदूरमा मधेशी निषेधः थारु-पहाडी एक

अर्थ सरोकार

कैलालीको टिकापुरको एक कार्यक्रममा मधेशी नेता उपेन्द्र यादव, राजेन्द्र महतो तथा अमरेश कुमार सिंहले पहाडीया तथा सुदूरबासीको अपमान हुने गरी दिएको अभिव्यक्तिपछि यी नेताहरुलाइ निषेध गर्ने चेतवानी अखण्ड पक्षधरहरुले दिइएका छन् ।  हाम्रो सद्भाव तथा सामाजिक एकतामा आँच आउने खालको अभिव्यक्ति हाम्रा लागि सह्य हुन सक्दैन । यस्ता सामाजिक खिण्डनकारीलाई अब प्रवेश निषेध गछौं, एक जना  अभियान्ता हर्क सिंह धामीले आजभोलिलाई बताए ।
थारु तथा अखण्डपक्षधरका आ आफ्नै माग भए पनि सामाजिक सद्भाव खल्बल्याउने कामहरु भएका थिएनन् । सबै मिलेर बसेका अवस्था थियो । बाहिरका मान्छे आएर उचाल्नु  राम्रो होइन, पन्नालाल रानाथारुले बताए ।
जनताको कडा बिरोधपछि भागेर ज्यान बचाएका यी नेताहरुलाई सदूरमा बहिस्कार गर्ने अभियानको थालनी भएको छ ।
नेपाली कांग्रेसबाट सभासद् बनेका अमरेश कुमार सिंहलाई कांग्रेस जिल्ला कार्यसमिति कैलालीले वक्तव्य जारी गरी कारबाहीको माग गरेको छ ।
वक्तव्यमा भनिएको छ‘खुलेयाम रुपमा जातिय हिंसा मच्चाउन प्रेरित गर्ने सामाजिक सद्भाव र राष्ट्रियता तथा राष्ट्रिय अखण्डता कमजोर पार्ने खालका अभिव्यक्ती दिने सभाषद अमरेशकुमार संहलाई तत्काल सभाषद पदबाट बर्खास्त गर्न तथा नेपाली कांग्रेसको बिधान एवं नियमावली २०६८ बमोजिम अनुशासन एवं आचार संहिताको उल्लंघन गरेको ठहर गरि निजलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउन नेपाली कांग्रेस, केन्द्रीय कार्य समिति समक्ष जोडदार माग गर्दछौ’ काँग्रेस कैलालीका पार्टी सचिव प्रकास बहादुर बमद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख छ ।
थारुहटको माग राखी आन्दोलनमा रहेका थारु समुदाय पनि उनीहरुको अभिव्यक्तिप्रति सन्तुष्ट  नरहेको थारु अगुवाहरुले जनाएका छन् । जसका जे जे माग भए पनि सामाजिक सद्भाव कायम राख्नु पर्छ र हामी मिलेर बस्नुपर्छ उनीहरुको जोड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK