×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकापुरको आन्दोलनले निखिल लाई तनाव !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टिकापुरको आन्दोलनले निखिल लाई तनाव !

Artha Sarokar

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हरेक चलचित्रको शुरुमै स्पष्ट उल्लेख गरिएको हुन्छ–यस चलचित्रका घट्ना र पात्रहरु काल्पनिक हुन् । कसैसँग मिल्न गएमा केवल संयोग मात्र हुनेछ । यस्तै संयोगले मिल्न जाँदा अभिनेताबाट निर्माता समेत बनेका निखिल उप्रेती यतिखेर तनावमा छन् । 

उनको चलचित्र भैरव हाल मधेसमा जारी आन्दोलनसँग दुरुस्त मेल खाने भएपछि सेन्सरबोर्डमा गएर अड्किएको छ । भदौ ११ गतेदेखि प्रदर्शन गर्ने भनेर ठूलो लगानी खर्चेर प्रचार प्रसार समेत गरिसकिएको भैरव प्रदर्शन हुने दिन आउँन ३ दिन बाँकी हुँदा समेत सेन्सरमै अड्किएपछि निखिललाई हुनसम्मको तनाव भएको हो । चलचित्र विकास वोर्डमा फिल्म हेरिसकेपछि चलचित्र सेन्सर बोर्डले अहिलेको जटिल अवस्थामा भैरव सेन्सरबाट मुक्त गर्न नसकिने भन्दै गृह मन्त्रालयलाई गुहारेको छ ।

यतिबेला मधेसमा आन्दोलन भैरहेको छ । फिल्मको कथावस्तुले मधेसलाई प्रभाव पार्ने देखेर सेन्सरले फिल्म पास गर्न नसकेको हो । फिल्मले मधेसको आन्दोलनलाई वढावा दिने या नेताहरुप्रति आँच पु¥याउने खतरा देखेर फिल्म पास नगरिएको सेन्सर बोर्डका एक सदस्यले बताए । 

अब यो फिल्म गृह मन्त्रालयका सचिव र सभासदले हेर्नेछन् । यसपछि मात्र यो फिल्म सेन्सरबाट पास हुने या नहुने पक्का हुनेछ । तर अबको १–२ दिनभित्र सभासदहरुले फिल्म हेरेर सेन्सरमुक्त गरिदिन्छन् भन्नेमा निखिलले समेत आशा मारिसकेका छन् । त्यसैले आगामी शुक्रवार भैरव रिलिज हुने या नहुने भन्नेमै द्धिविधा उब्जेको छ । अभिनेता निखिल उप्रेतीले आफैंले निर्देशन गरेको यो फिल्मले मधेसमा हुने गरेको आतंक, लुटपाटलाई उठाएको छ । फिल्ममा निखिल प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

 फिल्ममा अनु शाह, मुरलिधर पनि मुख्य भूमिकामा छन् । ५ बर्षपछि निखिल फिल्म क्षेत्रमा फर्किएका हुन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी