×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीलाई हामीले सम्हाल्न सकेनौँः सभासद रामजनम चौधरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीलाई हामीले सम्हाल्न सकेनौँः सभासद रामजनम चौधरी

Artha Sarokar

७ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी, ७ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि कैलालीमा दोहोरो भीडन्त भएको बताएका छन् ।
कैलालीको टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार दिउँसो भएको हिंसात्मक झडपमा घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएपछि प्रतिक्रिया दिँदै सभासद चौधरीले प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीहरुले प्रतिकार गरेको बताए ।
‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेक्न सकेनौँ, थारु आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अबस्था रहेन’- घटनाबारे जानकारी दिँदै उनले भने- ‘थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्न थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो, सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाए, त्यसपछि आन्दोलनकारी रिसाएर प्रहरीमाथि जाइलागेका हुन् ।’
को हुन चौधरी ?
अघिल्लो संविधानसभा निर्वाचन अघि काँग्रेसबाट मधेशी जनअधिकार फोरममा प्रवेश गरेका हुन् चौधरी । विजयकुमार गच्छदारले फोरम टुक्राएपछि उनी फोरम लोकतान्त्रिकको महासचिव बने । पार्टी अध्यक्ष गच्छदार चार दलीय मोर्चासँग वार्ता र घुर्की लगाइरहँदा उनी भने थारु सभासद्को नेतृत्व गर्दै सड्कमा उत्रिएका थिए । संविधानको पछिल्लो मस्यौदा र प्रदेशको सिमांकनका विषयमा गच्छदार र चौधरीबीच विवाद समेत भएको थियो ।
चौधरीकै नेतृत्वमा सोमबार कैलालीमा निषेषाज्ञा तोडिएको हो । सुरक्षाकर्मीका कारण अप्रिय घटना भएको भन्दै उनले कैलाली हत्याकाण्डको दोष प्रहरीतर्फ तेर्साउँदै आएका छन् ।
‘भाडाका हतियार र गुण्डा प्रयोग’
स्थानीय बासिन्दाले थरुहटको शान्तिपूर्ण भारतबाट भाडामा हतियार सहितका गुण्डाहरुको घुसपैठ भएको दाबी गरेका छन् । कैलालीको आन्दोलनमा भाला, बन्चरो, हतियार बोकेका पचासौँ जना सिमा पारिका युवाहरु देखेको नेपाल भारत सिमा क्षेत्र खकरउलाका बासिन्दा रामबहादुर साउदले बताए ।- dainiknepal.com
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी