×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाली र रौतहटमा सेना परिचालन गर्न गृहमन्त्रीको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कैलाली र रौतहटमा सेना परिचालन गर्न गृहमन्त्रीको आदेश

Artha Sarokar

७ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भदौ-८, काठमाडौं ।
कैलालीमा भएको झडपबाट ठुलो घटना प्रति गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदको आकस्मिक बैठक बोलाएर जानकारी दिएका छन् । बैठकमा बोल्दै गृहमन्त्री गौतमले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने निर्देशन दिएका छन् । झडप निम्त्याएर प्रहरी माथि नै ठुलो आतंक मच्चाउने त्यस्ता  आन्दोलनकारीलाई गोली चलाउन आदेश समेत दिएका छन् ।

कैलालीमा आन्दोलनका नाममा सोमबार एसएसपी, इनिस्पेक्टर सहित २१ प्रहरी सहित २४ को मृत्यु भए लगतै बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।

गृहमन्त्री गौतमले आक्रमणकारीले प्रहरीहरुलाई जिउँदै आगो लगाएकोसमेत जानकारी दिए । आक्रमणकारीहरु गाउँमा गएर लुकेको सूचना प्राप्त भएको पनि उनले जानकारी दिए ।

यता रौहहटमा पनि दक्षिणतिरबाट मानिसहरु सदरमुकामतर्फ आइरहेको तथा सर्लाहीमा पनि त्यस्तै भइरहेको भन्दै दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको गृहमन्त्री गौतमले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी