लोकप्रिय मोबाइल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा पहिलो पटक टिजन पावर्ड स्मार्टफोन ल्याएको छ । सामसुङ जेट्वानलाई सोमबार काठमाडौँमा कम्पनीले सार्वजनिक गरिएको थियो ।
यस सेटलाई स्मार्टफोनका नयाँ प्रयोगकर्ताले समेत सहज रुपमा चलाउन सक्नेछन् । यसको ब्याट्रि लामो समयसम्म टिक्ने कम्पनीले जनाएको छ ।
यसमा १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर, ७ सय ८६ एमबी राम र ४ जिबीको इन्टरनल मेमोरी रहेको छ । यसमा माइक्रो एसडीकार्ड मार्फत ६४ जिबीसम्म मेमोरी थप गर्न मिल्ने छ । यसमा १५ सय एमएएच ब्याट्री रहेको छ ।
कम्पनीका नेपालस्थित एचएचपि विजनेश प्रमुख प्रनय रत्न स्थापितले नेपालमा स्मार्टफोनको बजार निकै बढेको बताएका छन् ।
उनले अब स्मार्टफोन प्रयोगकर्ताले आफ्नो रोजाईका मोबाइल छान्न थालेको बताए ।
यस मोबाइलको मूल्य ७ हजार ४ सय ९० रुपैँया राखिएको छ । कालो, सेतो र वाइन रातो रंगमा यो मोबाइल उपलब्ध छ ।
