
काठमाडौं, ११ भदौ । चार दलिय गठबन्धनबाट सम्बन्ध तोडेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार विहीबार मध्यरातमा भारतीय दुतावास पुगे । शिर्ष तीन नेताले आन्दोलनमा रहेका दलहरुलाई तीन दिनभित्र वार्तामा आउन आग्रह गरेको चार घण्टापछि उनी भारतीय दुतावास पुगेका हुन् । मध्यरातमा गच्छदार भारतीय दुतावास पुग्नुलाई रहस्यमयरुपमा हेरिएको छ । अन्य मधेशी मोर्चामा रहेका दलभन्दा बढि भारतीको प्रिय हुन र थरुहट प्रदेश निर्माणका लागि उनी भारतीय दुतावास धाउन थालेका छन् ।
७ प्रदेश सहितको पछिल्लो सीमांकनपछि रुष्ट बनेका गच्छदारले नेपाली कांग्रेस, एमाले र एमाओवादीसँग सम्बन्ध बिच्छेद गरेका छन् । शिर्ष तीन दलसँग सम्बन्ध तोडेका गच्छदार पछिल्लो समय भारतीय दुतावासमा निकै धाउन थालेका छन् । सात प्रदेशबाट आठ प्रदेशमा देशलाई लैजान उनले भारतको सहयोग मागेको समाजबादी फोरम नेपालका एक नेताले बताए ।
‘शिर्ष तीन नेता आठ प्रदेश बनाउन अझै सहमत नभएपछि दवाव शिर्जना गर्ने उनको रननीति हुन सक्छ’ ति नेताले भने । थरुहट आन्दोलनकारीले कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरीको हत्या भएदेखि उनी भारतीय दुतावास धाउन थालको छन् । थरुहट आन्दोलन हिंसात्मक भएपनि सरकारले कडा कदम चाल्न सक्ने उनको आँकलन थियो । सरकारीको कदमलाई रोक्न पनि उनी भारतीय दुतावास सहारामा पुगेका थिए । सेना परिचालन भएपछि थरुहट आन्दोलनकारीलाई दमन हुने सार्वजनिक अभिब्यक्ति गच्छदारले दिँदै आएका छन् ।
पछिल्लो समय गच्छदार थरुहट प्रदेश कायम गराउन एमाओवादी नेता डा.बाबुराम भट्टराईसँग पनि त्यतिकै नजिक छन् । तीन दलका शिर्ष नेतासँग सम्बन्ध तोड लगतै डा.भट्टराईसँग उनको सम्बन्ध गाँसिएको हो । भट्टराई पनि दाङदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई थरुहट प्रदेश बनाउनु पर्ने पक्षमा छन् ।