धनगढी, ७ भदौ ।
कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको दंगाको दोष सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीमाथि लगाइएको छ ।
टिकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका हुन् । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा मागिनुपर्ने उनीहरुले बताए । .
सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको छ । नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो । सशस्त्र प्रहरीका एक दर्जन सुरक्षाकर्मी मारिँदा पनि डिआइजी चौधरीले हस्तक्षेप गर्न निर्देशन नदिएकोले उनीमाथि शंका उब्जिएको प्रदर्शनकारीहरुले बताए । घटनामा आन्दोलनकारी तर्फबाट एसएलआरको गोली हानिएको आशंका गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्