Skip to content
LAXMI SUNRISE BANK

कुखुरा पहिले कि अण्डा ? वैज्ञानिकहरुले पत्ता लगाए जवाफ !

अर्थ सरोकार

एजेन्सी । दुनियाभर एउटा अनुत्तरित प्रश्न चर्चित छ, कुखुरा पहिले कि अण्डा ? यसको ठोस जवाफ त कसैसँग छैन । कसैले कुखुरा पहिले भन्छन्, कसैले अण्डा । तर, यही नै पहिले भन्ने ठोस प्रमाण कसैसँग हुँदैन र चुपचाप लाग्छन् । यही अनुत्तरित प्रश्नको जवाफ वैज्ञानिकहरुले ठोस प्रमाणसहित पत्ता लगाएका छन् । सो प्रमाण अघि सार्दै वैज्ञानिकहरु भन्छन्, ‘कुखुराको उत्पति पहिले भयो, अनि त्यसले अण्डा दियो ।’
 ब्रिटिश वैज्ञानिकहरु भन्छन्, ‘हामीले ठोस प्रमाण पत्ता लगाएकाछौं, धर्तिमा अण्डाभन्दा पहिले कुखुराकै उत्पत्ति भएको हो ।’ इंग्ल्याण्डको शेफिल्ड तथा वारविक यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले अण्डाको जाँचबाट यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुका अनुसार अण्डाको बाहिरी भागमा एक विशेष प्रकारको प्रोटीन हुन्छ, जुन मात्रै कुखुराको अण्डाशयमा पाइन्छ । यसकारण पनि अण्डा भन्दा कुखुरा पहिले उत्पत्ती भएको दावा गर्न सकिने उनीहरुको भनाइ छ । वोक्लेडिडिन-17 (OC-17) नामको प्रोटीनले अण्डाको खबटा बन्न विशेष भूमिका निभाउने कुरा वैज्ञानिकहरुलाई पहिले देखि नै थाहा थियो । 
अहिले आएर त्यो प्रोटीनको स्रोत पनि पत्ता लागेको हो । जब क्याल्सियम कार्बोनेटसँग OC-17 मिल्छ, तब अण्डाको खबटा बन्छ । अण्डै नबनी कुखुरा कसरी त ? वैज्ञानिकहरुकै दावीलाई आधार मानेर अण्डा भन्दा कुखुरा पहिले उत्पत्ति भएको मान्ने हो भने कुखुराको उत्पत्तिचाहिँ कसरी भयो त ? यसको जवाफ पनि वैज्ञानिकहरुले दिएका छन् । कुखुरा कुनै अन्य प्रजातिको पन्छीबाट विस्तरै परिवर्तित हुँदै अहिलेको अवस्थामा आइपुगेको हो । यस नतिजालाई शेफिल्ड युनिभर्सिटीले एउटा ठूलो उपलब्धि मानेको छ ।
 प्रोफपेसर जोन अर्डिङ भन्छन्, ‘कुखुराको अण्डाको खोल कसरी बन्छ, यो पत्ता लगाउँदा साँच्चै अनौठो अनुभव भयो । यसबाट अब बाटो खुलेको छ, अब अण्डाजस्तै अन्य कुनै पदार्थ बनाउनका लागि यसले मद्दत पुग्नेछ । प्रकृतिले विज्ञान र टेकनिकको मेलबाट हरेक तरहको समस्याको समाधान निकाल्छ । हामी यसबाट धेरै कुरा सिक्न सक्छौं । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK