×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करेन्ट लागेर आमाछोराको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

करेन्ट लागेर आमाछोराको मृत्यु

Artha Sarokar

११ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 वीरगन्जमा आज करेन्ट लागेर एकै परिवारका दुईजनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं ९ रामटोल निवासी श्रवणकुमार सुल्तानीयाकी  श्रीमती सुनिका सुल्तानीया र छोरा हर्षितकुमार सुल्तानीयाको करेन्ट लागेर मृत्यु भएको हो ।

छतमाथि जमेको पानी बगाउने क्रममा छतमाथि नै रहेको हाइटेन्सन लाइनमा छोइएर हर्षित र सुनिताको मृत्यु भएको प्रहरीले जनाएको । हर्षितले छत सफा गरी हातमा राखेको फलामे डन्डीमाथि उचाल्दा हाइटेन्सनमा छोएर करेन्ट लागि छटपटाइरहेको अवस्थामा छोरालाई बचाउन पुगेकी सुनितालाई समेत करेन्ट लागेकोे श्रवण सुल्तानियाले बताए।

हर्षित र सुनितालाई अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भइसकेको नारायणी उपक्षेत्रीय अस्पतालका डाक्टर राकेश साहले जानकारी दिए । मृतक दुवैको शव नारायणी उपक्षेत्रीय अस्पतालमै राखिएको छ ।

यसैबीच, विषालु सर्पले डसेर आजै एक महिलाको मृत्यु भएको छ । पर्साको मनियारी गाविस वडा नं ९ निवासी शान्तिदेवीको विषालु सर्पले डसेर मृत्यु भएको हो ।

गएराति १२ः३० बजे घरमा सुतिरहेका बेला विषालु सर्पले डसेकी शान्तिदेवीलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल भर्ना गराए पनि उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएका छन् । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी