×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनन्तले हिंसात्मक घटना घटाउने षड्यन्त्रको सुचना दिएका थिए

GLOBAL IME BANK

अनन्तले हिंसात्मक घटना घटाउने षड्यन्त्रको सुचना दिएका थिए

८ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एकिकृत नेकपा माओवादीका युवा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले संविधान जारी हुन निदने शत्तिले २,३ सय मान्छे मार्ने षड्यन्त्र गरिरहेको सुचना १ हप्ता अघि सार्वजनिक गरेका थिए ।

रिपोर्टस क्लवले आयोजना गरेको कार्यक्रममा अनन्तले ‘संविधान विरोधी शक्तिले २,३ सय मान्छे मार्ने योजना बनाएको र त्यो सुचना आफुसम्म आएको’ बताउँदा केही मानिसहरुले माओवादीका प्रचण्डदेखि सबे तहका नेताहरुलाई मनोरोग लागेको भन्दै उडाएका थिए ।

अनन्तले खबरडबलीसँग भने, –‘सरकार वेपर्वाहा चलिरहेको छ  संवेदनशिल सुचनालाई नलिने र आवश्यक कदम नचाल्दा गम्भिर दुर्घटना भयो । अझैपनि जनताका जायज मागलाई यथेष्ट सम्बोधन गर्ने र षड्यन्त्रकारीहरुलाई घुसपैठ हुन नदिन जिम्मेवार नेताहरु लाग्नुपर्छ । ’

यदी बेलैमा उक्त  सुचनामाथि राज्यका निकायहरुले ध्यान दिएको भए कैलाली नरसंहार नहुनपनि सक्थ्यो । उनै वर्षमान पुनले सोमबार पनि राज्य सचेत हुन र जनताका जायज मागहरु सम्बोधन गरी त्यस्ता षड्यन्त्रकारीहरुलाई ठाउँ नदिन फेसबुक स्ट्याटस लेखेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: