शेर्पा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पाले लाल बाबुलाई खुल्ला पत्र लेख्दै चेतावनी दिएका छन् । थारु कल्याण्कारिणीका अध्यक्षलाई मन्त्री पण्डितले कारवाही गरेको भन्दै चेतावती दिएका हुन् । यस्तो छ शेर्पाको खुल्लापत्र थारु कल्याणकारिणीकाे अध्यक्षलाई सामान्य प्रशासन मन्त्री मानाीय लालबाबु पण्डितले कारवाही गरेकाे समाचार अायाे त्याे साँचाे हाे कि हाेईन ? यदि हाे भने मन्त्री ज्युलाई मेराे खुल्ला पत्र ।
माननीय मन्त्रीज्यु । हिजाे सम्म ईन्जिनियर थियाे अब तपाईले खाँटी थारू नेता बनाई दिनु भयाे । अर्काे एउटा अान्दाेलनकारी नेता जन्माउनु भयाे । धन्यवाद । युनियन युनियन भन्दै कार्यालयमा हाजिर गर्दै दिन भरी राजनीतिक भेलामा जाने पार्टीवाला सरकारी कर्मचारीहरुलाइ चहि अब तपाई के गर्नु हुुन्छ ? कि तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ ? पार्टीकाे अान्दाेलनमा मुठ्ठी उठाउदै उफ्रिने कर्मचारीकाे फाेटाे सहितकाे फेहरिस्त लिएर अाएँ भने तपाईं के गर्नु हुन्छ ? म पनि तपाईसँगै एमालेमा हुदा पार्टीकाे सँगठन चलाएर बस्ने कैयन कम्रेडहरु थिए त । के तिनीहरुले पार्टीकाे सँगठन छाडी सके ? कि राष्ट्रशेवक कर्मचारीकाे जागिर छाडे ? मलाई भनी दिनु न मन्त्री ज्यू । सारा नेपालीले हेरी रहेका हुनेछन तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ कि अरु जातीलाई पनि लागू हुन्छ ? हाे तपाईले एउटा थारुकाे छाेरालाई जागिरबाट निकाले पछि धेरै धेरैले धन्यवाद भन्ने छन । किन कि तपाईकाे वरिपरि थारुहरु अहिले छैनन थारुहरु अहिले मन्त्रिकाे वरिपरी पुग्न सक्ने हैसियतमा छैनन ।
तपाईंकाे वरिपारी अहिले जाे छ त्याे सबै थारु बिराेधीहरु हुन त्यसकारण तपाईलाई धन्यवादकाे अाेईरााे लाग्ने छन । तर जुन दिन तपाईकाे पनि मन्त्रिपद खुस्किन्छ नि अनि तपाईले थाहा पाउनु हुने छ तपाईलाई धन्याद दिनेहरु काे रहेछन भनेर । त्यसपछि हामी फेरि सँगै सँगै सडकमा कराउदै उफ्राैला उत्पडीत जाती समुदाय एक हाै, एक हाै भन्दै कराउला । सरक्षित त तपाईं हाम्राे समुदायकाे लागि सडक नै सुरक्षित छ है । मलाई थाहा छ, थारुकाे छाेरालाई जागिरबाट निकाल्ने मन्त्रिज्यु पनि एकदिन सडकमै अाउनु हुनेछ । त्याे बेला उहालाई अाेछ्याउन काम लाग्छ भनेर एउटा खाली कार्टुन बकस जाेगाई राखेकाे छु । उहीँ तपाईकाे भुपू कार्यकर्ता एवँ अहिले अाफ्नै समुदायकाे नेता ।
पासाङ सेर्पा शेर्पा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य हुन फेसवुक पेजबाट