शेर्पा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पाले लाल बाबुलाई खुल्ला पत्र लेख्दै चेतावनी दिएका छन् । थारु कल्याण्कारिणीका अध्यक्षलाई मन्त्री पण्डितले कारवाही गरेको भन्दै चेतावती दिएका हुन् । यस्तो छ शेर्पाको खुल्लापत्र थारु कल्याणकारिणीकाे अध्यक्षलाई सामान्य प्रशासन मन्त्री मानाीय लालबाबु पण्डितले कारवाही गरेकाे समाचार अायाे त्याे साँचाे हाे कि हाेईन ? यदि हाे भने मन्त्री ज्युलाई मेराे खुल्ला पत्र ।

माननीय मन्त्रीज्यु । हिजाे सम्म ईन्जिनियर थियाे अब तपाईले खाँटी थारू नेता बनाई दिनु भयाे । अर्काे एउटा अान्दाेलनकारी नेता जन्माउनु भयाे । धन्यवाद । युनियन युनियन भन्दै कार्यालयमा हाजिर गर्दै दिन भरी राजनीतिक भेलामा जाने पार्टीवाला सरकारी कर्मचारीहरुलाइ चहि अब तपाई के गर्नु हुुन्छ ? कि तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ ? पार्टीकाे अान्दाेलनमा मुठ्ठी उठाउदै उफ्रिने कर्मचारीकाे फाेटाे सहितकाे फेहरिस्त लिएर अाएँ भने तपाईं के गर्नु हुन्छ ? म पनि तपाईसँगै एमालेमा हुदा पार्टीकाे सँगठन चलाएर बस्ने कैयन कम्रेडहरु थिए त । के तिनीहरुले पार्टीकाे सँगठन छाडी सके ? कि राष्ट्रशेवक कर्मचारीकाे जागिर छाडे ? मलाई भनी दिनु न मन्त्री ज्यू । सारा नेपालीले हेरी रहेका हुनेछन तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ कि अरु जातीलाई पनि लागू हुन्छ ? हाे तपाईले एउटा थारुकाे छाेरालाई जागिरबाट निकाले पछि धेरै धेरैले धन्यवाद भन्ने छन । किन कि तपाईकाे वरिपरि थारुहरु अहिले छैनन थारुहरु अहिले मन्त्रिकाे वरिपरी पुग्न सक्ने हैसियतमा छैनन ।
तपाईंकाे वरिपारी अहिले जाे छ त्याे सबै थारु बिराेधीहरु हुन त्यसकारण तपाईलाई धन्यवादकाे अाेईरााे लाग्ने छन । तर जुन दिन तपाईकाे पनि मन्त्रिपद खुस्किन्छ नि अनि तपाईले थाहा पाउनु हुने छ तपाईलाई धन्याद दिनेहरु काे रहेछन भनेर । त्यसपछि हामी फेरि सँगै सँगै सडकमा कराउदै उफ्राैला उत्पडीत जाती समुदाय एक हाै, एक हाै भन्दै कराउला । सरक्षित त तपाईं हाम्राे समुदायकाे लागि सडक नै सुरक्षित छ है । मलाई थाहा छ, थारुकाे छाेरालाई जागिरबाट निकाल्ने मन्त्रिज्यु पनि एकदिन सडकमै अाउनु हुनेछ । त्याे बेला उहालाई अाेछ्याउन काम लाग्छ भनेर एउटा खाली कार्टुन बकस जाेगाई राखेकाे छु । उहीँ तपाईकाे भुपू कार्यकर्ता एवँ अहिले अाफ्नै समुदायकाे नेता ।
पासाङ सेर्पा शेर्पा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य हुन फेसवुक पेजबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्