अर्थमन्त्री डा. रामशरण महतले लेखापरीक्षकहरुको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र क्रियाशिलताका लागि नेपाल सरकार गम्भिर रहेको बताउनुभयो । आज नेपाल अडिटर्स एशोसिएशन (अडान) को दशौं स्थापना दिवस विशेष कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो । महतले अडानले यसवीचमा हासिल सफलताले आफुहरुलाई उत्साहित बनाएको बताउदै पेशाको विकास र स्तरीकरणमा गम्भिर हुन आग्रह गर्नुभयो । लेखामान, लेखापरीक्षणमान र आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन जरुरी रहेको बताउदै विश्वव्यापीकरण र उदार अर्थतन्त्रका भावनाहरुलाई आत्मसात गर्न आग्रह गर्नुभयो ।
अव मुलुकको प्रमुख एजेण्डा आर्थिक विकास भएकोले सबै त्यसतर्फ केन्द्रीत हुनुपर्ने भएकोले राजनीतिक विवादमा राजनीतिक नेतृत्व अल्झिनु हुदैन । सबै राजनीतिक विवादलाई संविधानले टुंग्याउने र बांकी कुरा निर्वाचनको मुद्धा बनाउन र अघि पछि सबै काम गरेर खाने वातावरण बनाउन जरुरी रहेको महतले बताउनुभयो । बांच्नका लागि काम गर्ने होइन, अव काम गर्नका लागि बांच्ने र बांच्नका लागि मात्रै नभएर संसारलाई केही दिन तयार भएर अघि बढनुमा सबैको ध्यान केन्द्रीत हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्षता र स्वागत गर्दै अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले अडानका सबै सदस्यहरु सामाजिक सुशासन, आर्र्थिक अनुशासन र समग्र समृद्धिमा प्रतिवद्ध रहेको बताउदै उनीहरुको हकअधिकार र जिम्मेवारीलाई कुण्ठित नगर्न आग्रह गर्नुभयो । अडानले एक दशकको गौरवपूर्ण ईतिहास बनाएको छ । लेखापरीक्षणमा चुनौति र जिम्मेवारी बढदै गई रहेको परिस्थितिमा पेशागत मर्यादा अनुरुप जिम्मेवारी पुरा गर्न सबै लेखापरीक्षकलाई आग्रह गर्नुभयो । संगठन, पेशागत पहिचान र मान्यता स्थापित भएको बताउदै रेग्मीले लेखाव्यवसायलाई अन्तरराष्ट्रिय स्तरको बनाउने र आफनो पहिचान अन्तरराष्ट्रिय रुपमा विस्तार गर्न क्रियाशिल हुनुपर्ने बताउनुभयो । लेखापरीक्षकहरुलाई अधिकारसम्पन्न बनाउन अडानले आन्दोलन र आइक्यानमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउदै रेग्मीले पेशागत सर्वोच्चतालाई प्रभावकारी बनाउन राज्यसंग मांग गर्नुभयो ।
अडानले आइक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश खनाल र उपाध्यक्ष महेश खनाललाई बधाईसहित सम्मान गरेको छ । त्यसैगरी अडानले नियमितझैं यस वर्ष पनि विद्यावारिधि गरेका लेखापरीक्षकहरुलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा डा. चन्द्रमणि अधिकारी, डा. मस्तबहादुर गरञ्जा, डा. घमानसिंह खडका, डा. भोलाप्रसाद दाहाल, डा. नारायण पौडेल, डा. खेमप्रसाद श्रेष्ठ, डा. दिलिपलाल कर्ण, डा. देउमान साम्वाहम्फे, डा. शेषरमण न्यौपाने, डा. हेमराज भण्डारी, डा. जयन्तनाथ खनाल, डा. पुष्पराज शर्मा र डा. माधव रानाभाट हुनुहुन्छ ।

कार्यक्रममा संविधानसभाका सदस्यहरु नरबहादुर चन्द र भरत साउत, राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारी, आइक्यानका अध्यक्ष प्रकाश लम्साल, बिमा समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठ, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालगायतले बोल्नुभएको थियो ।
अडानका महासचिव केदारनाथ पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष सुर्य अधिकारीले गर्नुभएको थियो ।
२०६३ श्रावण २० गते स्थापना भएको अडानले नौ वर्षको अवधिमा देशव्यापी संगठनको रुपमा स्थापित भएको छ । दशौं स्थापना दिवसको अवसरमा आजै उपत्यका समितिले खुला रक्तदान गरेको छ । रक्तदानमा ७० जनाले रक्तदान गर्नुभएको थियो । श्रावण १६ गते बागमती सफाईबाट सुरु भएको अडानको स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरुको आयोजना भई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्